- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । चाणक्य नीतिको तेस्रो अध्यायमा आचार्य चाणक्यले कुल, मानिसको बारेमा सुझाव दिएका छन् । उल्लिखित नीतिहरूको अनुसरण गरेर हामी धेरै समस्याहरूबाट जोगिन र सफलता प्राप्त गर्न सक्छौं।
सौन्दर्य र यौवनले भरिपूर्ण साथै उच्च कूलमा जन्म भएता पनि यदि विद्याले हीन पुरुष छ भने गन्ध नभएको पलाँसको फूल समान अशोभनीय हुन्छ । अर्थात् उच्च कुलीन भएता पनि विद्या छैन भने समाजमा त्यसको कुनै शोभा हुँदैन । कोइलीको शोभा त्यसको स्वर हो भने स्त्रीहरुको चाहिँ पतिव्रता धर्म हो । त्यसैगरी कुरुपहरुको शोभा विद्या हो भने तपस्विहरुको चाहिँ क्षमाशीलता हो ।
कुलको भलाईका लागि कुनै एक वस्तु त्यागोस् । गाऊँको हीतका लागि कुलै त्यागोस् । त्यसैगरी देशको भलाईका लागि गाऊँको र आफ्ना लागि पृथिको त्याग गरोस् । यहाँ आत्मार्थे भन्नाले– अत्मकल्याणका निमित्त जस्तो सुकै वस्तुको पनि त्याग गर्नुपर्दछ, भन्ने हुन्छ ।
उद्योगे नास्ति दारिद्रयं जपतो नास्ति पातकम् । मौनेन कलहो नास्ति नास्ति जागरिते भयम् ।।११।।
उद्योग (परिश्रम) गरेमा दरिद्रपन आउँदैन । भगवन्नाम जपीरहने वा स्मरण गर्नेहरुलाई पापले छुन सक्दैन । मौन बसीदिनाले झगडा कम हुन्छ । जाग्रत अवस्थाको मानिसलाई भयले छुँदैन । (यहाँ जागरिते भयं नास्ति भन्नाले ब्रह्मज्ञानीहरुलाई लक्षित गरेको बुझ्नु पर्दछ । जो अन्तर्मुखी छ, जसको दीव्यचक्षु खुलेको छ, जो आत्मज्ञानी छ, जसले मृत्युलाई समेत जितेको छ, हो त्यस्ता महापुरुषहरुलाई संसारमा के को डर हुन्छ र ?)
साथै साथै चाणक्यले १२ औँ श्लोकमा कुनै कुरामा अति भएको राम्रो नहुने बताएका छन् । अतिरूपेण वै सीता अतिगर्वेण रावणः । अतिदानाद्बलिर्बद्धो ह्यतिसर्वत्र वर्जयेत् ।।१२।। अर्थात अत्यन्त सुन्दरी भएका कारण सीताको हरण भयो । अत्यन्त गर्व (घमण्ड) गर्ने भएकाले रावणको वध भयो । अति दान गर्नाले बलिलाई बाँधिनु पर्यो । त्यसैले अति सबैतिर त्यागोस् अर्थात् कुनै पनि कुरामा अति गरेको राम्रो हुँदैन । स्रोत आत्मपथ