arrow

त्रिहत्तर वर्षदेखि असुल्न बाकिँ कैद एक हजार वर्ष

logo
प्रकाशित २०७३ असार ४ शनिबार
Ilam-hamrakura.jpg.jpeg
इलाम । जिल्ला अदालतबाट विभिन्न समयमा दोषी ठहर्‍याइएका पाँच सय २९ अभियुक्त अझै पनि फरार सूचीमा छन् । अदालतले फरार अभियुक्तबाट रु एक करोड ४३ लाख ५८ हजार ५०० जरिवाना र एक हजार ८४६ वर्ष कैद सजाय असुल गर्न बाँकी रहेको जनाएको छ । 
 
अदालतको तथ्याङ्क अनुसार विसं २००१ देखि २०१० सम्म तीन, विसं २०११ देखि २०२० सम्मका २४, विसं २०२१ देखि २०३० सम्मका १८, विसं २०३१ देखि २०४० सम्मका २०, विसं २०४१ देखि २०५० सम्मका २०, विसं २०५१ देखि २०६० सम्मका ७३ र विसं २०६१ देखि २०७० सम्मका १४० मुद्दाका अभियुक्त अझै फरार छन् । 
 
फरार अभियुक्तबाट रू एक करोड ४३ लाख ५८ हजार जरिवाना उठ्न बाँकी रहेको अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए । फरार अभियुक्तका मुद्दा मुल्तबीमा बस्ने र दुई वर्षपछि फैसला हुने भएकाले फरार सूचीमा रहेका दोषीको सङ्ख्या र उनीहरूले भुक्तान गर्ने कैद तथा जरिवाना बढ्दै गएको स्रेस्तेदार भट्टराईको भनाइ छ । 
 
विसं २०४० सम्मका मुद्दाको लगतकट्टा गर्ने तयारीमा अदालत छ । जिल्ला न्यायाधीश संयोजक रहेको समितिले लगत कट्टाको प्रक्रिया अघि बढाउने उनले बताए । यसैबीच अदालतमा चालु आव २०७२/०७३ को हालसम्ममा पाँच सय ८७ मुद्दा दर्ता भएकामा तीन सय ६९ मुद्दाको किनारा लागिसकेको जनाइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ