विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेस र मधेशी मोर्चालाइ सहमतीमा नल्याएसम्म निर्वाचनको वातावरण वन्न नसक्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज संचारकर्मीसंग कुरागर्दै पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले निर्वाचन आवश्यक भएपनि मधेशको समस्या समाधान नगरीकन निर्वाचनको वातावरण नवन्ने बताए ।
निर्वाचनका लागी आवश्यकपर्ने ऐन कानुन बनाउन पनि मुख्यदलहरु विच सहमती आवश्यक रहेको उनले बताए । अध्यक्ष दाहालले ,निर्वाचन हुनुपर्ने कुरामा आफुहरुको कुनै विमती नभएको भन्दै निर्वाचन गर्ने घोषणा संगै निर्वाचन हुने वातावरण तयार गर्न सरकार गंभिर हुन जरुरी रहेको बताए ।
अध्यक्ष दाहाले, संविधान कार्यान्वय, स्थानिय निकायको निर्वाचन तथा पुर्न निमार्णका लागि पनि राष्ट्रिय सहमती आवश्यक रहेको बताए । राष्ट्रिय सहमतीको सरकारले मात्रै मुलुकको समस्या समाधान गर्ने भएकाले राष्ट्रिय सहमतीका लागी सवैदल मिलेर अघिवढनुपर्नै उनको भनाइ थियो ।
एक प्रश्नमा प्रचण्डले मधेशी र्मोचाले भने जस्तो संविधान पुर्न लेखन संभव नभएको बताए । उनले मधेशको समस्या समाधानगर्न संविधान संशोधन गर्न सकिने तर पुर्न लेखन भने संभव नभएको बताए । संविधान पुर्न लेखन गर्न खोजिए अहिलेकाो संविधान रद्ध हुने र मुलुकलााई खतरनाका अवस्थामा पुग्ने भएकाले पुर्न लेखनको विषय नउठाउन मधेशी मोर्चालाइ आग्रह समेत गरे ।