arrow

अन्तिम समयमा भएको आत्मघाति गोलले आइसल्याण्डले हंगेरीसँग अंक बाँड्यो

logo
प्रकाशित २०७३ असार ४ शनिबार
Euro_HUN_ISL.JPG.jpeg
काठमाडौं। आइसल्याण्डका बिरकिर साएवर्सनको अन्तिम समयमा भएको आत्मघाती गोलका कारण हंगेरीसँग अंक बाँडेको छ। २ खेलमा हंगेरी ४ अंक सहित अंक तालिकाको पहिलो स्थानमा रहेको छ। 
 
खेलको ४०औं मिनेटमा गिल्फी सिगर्दसनले पेनाल्टी मार्फत गोल गर्दै आईसल्याण्डलाई अग्रता दिलाएका थिए। ८८औं मिनेटमा आत्मघाती गोल गर्दै हंगेरीलाई बराबरी गर्ने मौका आएको थियो। 
 
पहिलो खेलमा अष्ट्रियालाई पराजित गरेको हंगेरीले आइसल्याण्डसँग बराबरी खेल्दै ४ अंक प्राप्त गरेको छ। उक्त अंककासाथ दोस्रो चरण पुग्ने संभावना बलियो बनाएको हंगेरीले अन्तिम खेल पोर्चुगलसँग खेल्नेछ। पहिलो खेलमा पोर्चुगलसँग बराबरी खेलेको आईसल्याण्डले दोस्रो खेलमा पनि बराबरी पछी २ अंकमा चित्त बुझाउनु परेको छ। 
 
खेलको अधिकांश समय हंगेरीले बल नियन्त्रणमा राखेको भए पनि गोल भने गर्न सकेको थिएन। आईसल्याण्डले थोरै समय बलमा नियन्त्रण लिए पनि गोल भने गरेको थियो तर आत्मघाती गोलले तीन अंकको सपना चकनाचुर भएको थियो। 
 
  
 
The jubilant Hungary players celebrate in front of their screaming supporters after Saeversson's own goal handed them top spot in Group F
 
Match stewards (in blue) try to control fans from Hungary before the start of their match with Iceland in the port city of Marseille
 
Former Crystal Palace keeper Kiraly saved from point blank range with his legs as Johann Gudmundsson missed a golden opportunity
 
Kiraly fumbled what looked like an easy catch from a corner which saw the ball drop invitingly in the centre of the box
 
Gylfi Sigurdsson's penalty nestles in the bottom corner as Kiraly dives to his left and looks back to see the ball in the net



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ