arrow

डडेल्धुरा काँग्रेसको प्रशिक्षण शाखा गठन

logo
राम धामी,
प्रकाशित २०७७ फागुन ४ मंगलबार
dadheldhura-congress1.jpg

डडेल्धुरा ।  नेपाली काँग्रेस डडेल्धुराले मङ्गलवार प्रशिक्षण शाखा गठन गरेको छ । नेपाली काँग्रेस डडेल्धुराका उपसभापति तथा प्रशिक्षण शाखा प्रमुख करुणाकर भट्टले मङ्गलवार १३ सदस्यीय शाखा विस्तार गरेका हुन । विस्तार गरिएको प्रशिक्षण शाखाको उपप्रमुखमा अधिवक्ता रोहित देउवालाई मनोनीत गरिएको छ भने सचिवमा राम धामीलाई मनोनीत गरिएको छ ।

यस्तै सदस्यहरूमा कमला विष्ट, गोकुलबहादुर शाही, सुरेन्द्रसिंह माली, भरत नेपाली, पदमा गुरुङ, प्रेमराज बोहरा, अधिवक्ता चेतराज भट्ट, अधिवक्ता पुष्पराज जोशी, चक्रबहादुर साउद र चक्र बहादुर देउवा रहेका छन् ।

नेपाली काँग्रेसको विधान २०१७ (संशोधन २०७६) तथा नेपाली काँग्रेसको नियमावली २०७६ को नियम ३३ को दफा ३ मा गरिएको व्यवस्था अनुसार प्रशिक्षण शाखा गठन गरिएको नेपाली काँग्रेस डडेल्धुराले जनाएको छ । प्रशिक्षण शाखाले जिल्लाभर पार्टीका नीति, सिद्धान्त र विद्यमान परिस्थितिमा नेपाली काँग्रेसले निर्वाह गर्नुपर्ने भूमिकाका सन्दर्भमा जिल्ला र स्थानीय स्तरमा प्रशिक्षण कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्ने नेपाली काँग्रेस डडेल्धुराले जनाएको छ ।

चाँडै नवगठित प्रशिक्षण शाखाका पदाधिकारीहरूलाई एक औपचारिक कार्यक्रमकाबीच शपथ ग्रहण गराइने नेपाली काँग्रेस डडेल्धुराका कार्यालय सचिव रामबहादुर विष्टले जानकारी दिए । उनले नवगठित प्रशिक्षण शाखाका पदाधिकारीहरूले शपथ ग्रहण गरिसके पछि जिल्ला व्यापी रूपमा प्रशिक्षण अभियान थालिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ