arrow

काबुल विष्फोटमा मृत्यु हुने १४ नेपालीको अझै पहिचान भएन

logo
प्रकाशित २०७३ असार ६ सोमबार
Afganistan_Attack.jpg.jpeg
काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान तालीवान आतंकवादीले गरेको आत्मघाती विष्फोटमा १४ नेपालीको मृत्यु भएको छ । विष्फोटमा परी ५ जना नेपाली घाइते भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । घाइते हुने ९ जनामा ४ चार अफगान नागरिक समेत छन् । नेपाली सुरक्षा गार्ड सवार मिनिबसमा बिहान ५ः४० बजे आत्मघाती विष्फोट भएको अफगान गृहमन्त्रालयले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । 
 
अफगानिस्तानमा नेपालको छुट्टै राजदूतावास नभएकाले मृतकको सनाखत हुन सकेको छैन भने, घाइतेको विवरण समेत खुल्न सकेको छैन । अझै पूर्ण विवरण प्राप्त नभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले हाम्राकुरालाई जानकारी दिए । उनले भने, ‘हामी विवरण संकलनमा जुटेका छौं कोही कसैको अवस्थाबारे जानकारी आउन सकेको छैन । खाली मृतक र घाइतेको संख्या मात्रै आएको छ ।’ अफगानिस्तानमा समेत पाकिस्तानी राजदूतावासले हेर्दै आएको छ । 
 
काबुल प्रहरी प्रमुख अब्दुल रहमानले नीजि सुरक्षा गार्डको नजिकै जोडिएर बसेका आतंकवादी गाडी चढेको गेटबाट बाहिरिए लगत्तै विष्फोट गराएका थिए । विष्फोटले बजारमा रहेका अन्य नागरिक समेत घाइते भएका थिए । घाइते ९ जनाको अवस्था भने चिन्ताजनक नरहेको बताइएको छ । विष्फोटमा परेका नेपालीहरु  साब्रे सेक्युरिटी कम्पनीमा काम गरिरहेको र सो सेक्युरिटी कम्पनीले ती नेपाली सुरक्षा गार्डलाई क्यानडियन राजदूतावासमा सुरक्षार्थ खटाएको बुझिएको छ । तालिवान प्रवक्ता जबिल्लाह मुजाहिदले ट्वीटरमार्फत विष्फोटको जिम्मा लिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ