arrow

मुख्यमन्त्री पोखरेल भन्छन् : अब हिम्मत र धैर्यताका साथ अघि बढौं 

logo
प्रकाशित २०७७ फागुन ११ मंगलबार
Shankar-Pokharel1.jpg

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा ओली पक्षका नेता शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउ गरेका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेपछि प्रतिक्रिया दिंदै पोखरेलले सामाजिक संजालमा लेखेका छन्–‘सर्वोच्चको फैसलाबाट सुरु हुने अस्थिरताको खेलले प्रधानमन्त्रीको कदमको औचित्य पलपल पुष्टि गर्नेछ । हिम्मत र धैर्यताका साथ अघि बढौं ।’

जनताबाट अनुमोदित भएको प्रधानमन्त्रीलाई बीचमा हटाउन खोज्दाको परिणाम स्वरुप संसद विघटन भएको प्रतिक्रिया दिंदै आएका पोखरेल ओलीको बचाउमा शुरुदेखि नै क्रियाशिल थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ