arrow

कोभिडका कारण बन्द वेलहिया नाका सुचारु 

logo
नारायण वली,
प्रकाशित २०७७ फागुन २० बिहिबार
Border-nepal-india-belahiya.jpg

रुपन्देही । बुधवार साँझ देशको दोस्रो एवं लुम्बिनी प्रदेशको पहिलो प्रमुख नाका मानिने रुपन्देही स्थित वेलहिया नाकामा खटिएका भारतीय सुरक्षाकर्मीले भारतीय बजार सुनौली जाने क्रममा चेक जाँच गर्दा एक महिला माथि आक्रामक रूपमा उत्रिँदै अभद्र व्यवहार गरेपछि उत्पन्न परिस्थितिले सीमामा तनाव उत्पन्न भएको थियो ।

कोभिडका कारण गत चैत ११ गते देखि नेपाल भारत सीमा नाका बन्द रहेको थियो। केही समय अगाडि देखि सामान्य आवतजावत भए पनि बुधवार साँझ उक्त महिलालाई चेक जाँच गर्ने क्रममा भारतीय सुरक्षाकर्मीले महिलाको कपडा च्यातिदिए पछि वेलहिया नाकामा उत्पन्न परिस्थितिलाई मिलाउन बसेको दुई देशका सुरक्षा प्रमुख र भारतीय सीमा सुरक्षा बल (एसएसबी) का प्रतिनिधि सम्मिलित छलफलले कोभिडका कारण बन्द रहेको वेलहिया सीमा नाका खुलाउने सहमति भएपछि बिहीबार देखि पहिले झैं सञ्चालनमा आएको छ । 

सीमा नाकामा चेक जाँच गर्ने बेलामा महिलामाथि भारतीय सुरक्षाकर्मीले अभद्र व्यवहार गरेपछि वेलहियाका स्थानीयहरूले नाकामा नाराबाजी गरेका थिए। त्यसपछि तनाव सृजना भएको थियो। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पीताम्बर रिजाल, रुपन्देही प्रहरी प्रमुख एवं भारतीय पक्षका महाराजगंज स्थित सुरक्षा प्रमुख डि.एम र एस.पि सहितको टोली बीच भएको छलफलले बन्द सीमा नाका खुलाउने सहमति जुटेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलहियामा दुई देशका सुरक्षा प्रमुखहरूको छलफलका क्रममा, भारतीय सुरक्षाकर्मीले महिला माथि गरेको अभद्र व्यवहारका विषयमा आवश्यक अनुसन्धान गर्ने, सीमा क्षेत्रमा देखिएको सामान्य घटनालाई सामान्य ढङ्गले नै समाधान गर्ने र दुई पक्षले आआफ्ना देशमा देखिएका असमझदारी हटाउने जस्ता बुँदामा सहमति भएपछि नाका खुलेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ