सनदमै बबण्डर : भारतीय जनता पार्टीका विधायकले स्वन्त्र विधायकलाई कुटे
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1.7k
Shares
एजेन्सी । भारतको जम्मु कश्मिर विधानसभामा सदन चलिरहेकै बेला बबण्डर भएको छ । सत्तारुढ भारतीय जनता पार्टीका विधायकले स्वतन्त्र विधायक एवं इन्जिनियर राशिदलाई सदन भित्रै कुटपिट गरेका छन् ।
राशिदलाई हिन्दूहरुले लक्ष्मीको रुपमा पूज्दै आएको गाईको मासु सहितको भोज आयोजना गरेको आरोप लागेको छ । भोजकै समयमा भाजपाका केही विधायकले प्रदर्शन गर्दै खानाको स्टल नै तोड्ने प्रयास समेत गरे ।
कश्मिरमा गाईको मासु खान र बेचविखनमा लगाइएको प्रतिबन्ध हटाउनु पर्ने विषयमा बोल्न उभिएका राशिदलाई भाजपा विधायकले कुटपिट गरेका हुन् ।
पिटाई खाने विधायक राशिदले भने,–‘सदनमा कश्मिरमा गाइको मासु खान र बेच्न लागेको प्रतिबन्ध हटाउन पेश गरेको विधेयकबारे चर्चा सुरु भएको थियो, म बोल्नका लागि उभिने वित्तिकै भाजपा विधायक रविन्द्र रैनाले आक्रमण गरे भने भाजपाका अन्य विधायकले उनलाई साथ दिए ।’
राज्यका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लाहले विधायकहरुले दादागिरी देखाउदै कुटपिटमा उत्रिएको प्रतिक्रिया दिएका छन् । मुख्यमन्त्री मुफ्ती मोहम्मद सइदले जस मुद्दामा पछिल्ला केही दिन हंगामा भइरहेको छ, त्यो चाँडै समाप्त हुने बताएका छन् ।