arrow

लाहानमा बम: तराइ जनतान्त्रिक मोर्चाले विस्फोट गराएको आशङ्का

एकको अवस्था गम्भीर ६ जना घाइते 

logo
प्रकाशित २०७७ चैत १ आइतबार
bomb1.jpg

काठमाडौं। सिराको लहानस्थित मालपोत कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको छ । विस्फोटमा परेर ६ जना घाइते भएका छन् ।प्रहरीले विस्फोटको घटनामा तराइ जनतान्त्रिक मोर्चाको संलग्नता हुन सक्ने आशङ्का गरेको छ ।

मालपोत कार्यालयको दोस्रो तलामा भएको विस्फोटमा परेका मध्ये नायव सुब्बा शिव कुमार यादवको अवस्था गम्भीर छ । अन्य घाइतेहरूको भने लहान अस्पतालमा उपचार भइरहेको छ । 

सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले कसले विस्फोट गरायो भन्ने नखुलेको तर विस्फोट गराउने समूहको खोजी भइरहेको जानकारी दिए । 

केही दिन अघि मात्रै तराइ जनतान्त्रिक मोर्चाका उपाध्यक्ष राम विलास यादवले सो समूह छाडेर शान्तिपूर्ण मार्गमा आउने भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए । यादवले छाडेका कारण उनको समूहले बिस्फोट गराएको आशङ्का गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी निरौलाले तराइ जनतान्त्रिक मोर्चाका उपाध्यक्ष यादवले प्रशासन कार्यालयमा हिंसात्मक गतिविधि छाड्ने भन्दै निवेदन दिएको जानकारी दिएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ