arrow

मालपोतमा बम पड्काएको आशङ्कामा मण्डल समातिए

logo
प्रकाशित २०७७ चैत ३ मंगलबार
siraha-bomb.jpg

सिराहा । जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले गराएको बम विस्फोटमा संलग्न एक जनालाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा जिल्लाको लहान नगरपालिका १८ बस्ने ३९ वर्षीय बलराम मण्डल छन् ।

सिराहा जिल्लाको लहान नगरपालिका ८ स्थित मालपोत कार्यालयमा भएको बम विस्फोटमा संलग्न रहेको आशङ्कामा सशस्त्र टोलीले सोमवार मण्डललाई पक्राउ गरेको हो ।

उनलाई विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश सुखिपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि ईप्रका लहानमा बुझाएको छ ।

आइतबार दिउँसो बम विस्फोट हुँदा कार्यालयका एक कर्मचारीसहित आठ  घाइते भएका थिए भने कार्यालयको पहिलो तल्लामा रहेको तीन काउन्टर क्षतिग्रस्त भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ