arrow

लुम्बिनी प्रदेश : आगलागीको उच्च जोखिम, तयारी न्यून

logo
नारायण वली,
प्रकाशित २०७७ चैत १५ आइतबार
forest-jungle-fire.jpg

रुपन्देही। लुम्बिनी प्रदेशको पहिलो आवधिक योजनाले विपद्बाट हुने गरिबी न्यूनीकरणका लागि विशेष कार्यक्रमहरू सञ्चालन गर्ने, विपद्ले असर गर्न सक्ने स्थानहरूको पहिचान गरी सम्भावित प्रभावको न्यूनीकरण गर्ने रणनीति निर्माण भए पनि तयारी भने न्यून रहेको छ।

गर्मी याम बढे सँगै आगलागी हुने त्रास पनि त्यतिकै बढेको छ। अव्यवस्थित बस्ती भित्र घट्दै गएको हरियालीका कारणले पनि आगलागीको प्रकोप बाट हुने क्षति बढ्दै गएको प्रदेश विपद् व्यवस्थापन शाखाले जनाएको छ।

जसले गर्दा लुम्बिनी सरकारले प्रदेश विपद् व्यवस्थापन कार्य सञ्चालन निर्देशिका,२०७६ ल्याएर विपद् पश्चात् राहत र उद्धार कार्यलाई व्यवस्थित गर्न उदासीन देखिएको छ। आगलागी र वनमा हुने डढेलोको रोकथाम, क्षति र न्यूनीकरण लगायतका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयनमा आएको छैन।

स्थानीय तहहरू सँगको सहकार्यमा खर तथा फुसका छानाहरूलाई विस्थापित गर्न, स्थानीय तहहरू सँगको सहकार्यमा बहु उपयोगी सुरक्षित आवास आश्रय स्थलको व्यवस्था गर्ने कार्यनीति निर्धारण गरिए पनि उक्त कार्यले गति लिन भने सकेको छैन।

आगलागीको असावधानी कारणले गाउँघरमा आगलागीका घटनाहरू बर्सेनि बढ्दै गएको वेला व्यावसायिक क्षेत्रमा अग्नि प्रतिरोधी संरचनाको अभाव र प्राविधिक त्रुटिले गर्दा आगलागीका घटनाहरू दोहोरिँदै गएको अग्नि प्रतिरोधी कार्यमा लामो समय काम गरेका सुजन शाहीले बताए।

उनले भने, 'आगलागी पछिको उद्धार र राहतमा सरकार तथा सामाजिक सङ्घ संस्थाहरूको ध्यान जाने गरेकोमा आगलागी हुनै नदिनु तर्फ ध्यान दिनुपर्नेमा जोड प्रभावकारी भएको छैन।' 

विगत ५ वर्षमा रुपन्देहीमा २१५, बर्दिया २००, कपिलवस्तु र दाङमा क्रमशः ३२९ र २२२ वटा आगलागीको घटना भएका छन्। पहाडी जिल्लाहरू मध्ये रुकुममा १७, प्युठानमा ७२ र गुल्मीमा ७९, आगलागी भएको छ। आगलागी वाट दाङ र गुल्मीमा गरी २२ जनाको मानवीय क्षति सँगै भौतिक एवं आर्थिक समेतको क्षति भएको अभिलेखमा उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ