arrow

न्याम्सको सिनेट बैठक बस्दै,  अस्पताल सुधार र कर्मचारीबारे छैन ऐजेन्डा

logo
प्रकाशित २०७७ चैत २० शुक्रबार
NAMS-bir-hospital.jpg

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको सिनेट (सभा) यही चैत २२ गते बस्ने भएको छ । प्रतिष्ठान कार्यकारी परिषदको गतको शुक्रबार अज्ञात स्थानमा बसेको परिषद बैठकले सिनेट बैठक २२ गते बस्ने निर्णय गरेको हो ।

परिषद बैठक न्याम्स कार्यालयमै बस्ने गरेको भए पनि कर्मचारी र चिकित्सकहरुले राखेको मागदेखि डराएर न्याम्स पदाधिकारीहरुले कार्यलय बाहिर बैठक बसी सभा बस्ने निर्णय गरेको हो । तर कर्मचारीहरुले राखेका माग परिषद बैठकबाट पारित गरी सभामा लैजान माग गरेका छन् । 

सो माग सम्वोधनका लागि कर्मचारीले सभा अध्यक्ष तथा स्वास्थ्य मन्त्री एवं प्रतिष्ठानका सहकुलपति, स्वास्थ राज्य मन्त्री र स्वास्थ्य सचिवलाई पनि आफ्ना मागहरु सभामार्फत पूरा गरी दिन माग गरेका छन् । 

माग पूरा नभए कडा कदम चाल्न बाध्य हुने कर्मचारी युनियनले बताएको छ । साथै प्रतिष्ठान अघि नबढ्नुमा  र अस्तव्यस्त हुनुमा रेक्टर डा. सुवोध अधिकारी, डिन डा. पियुष दाहल र ट्रमा सेन्टरका निमेसु डा. सन्तोष पौडैल, डा. गौरव ढकालका साथै उनीहरुका आसेपासे र विगत ६ वर्षदेखि मेडिकल माफियाको आशीर्वादले वीर अस्पतालको खरिद एकाईमा बसी ब्यापक अनियमितता गर्दै आइरहेको समूहका कारण वीर अस्पताल धराशायी भएको  स्वास्थ्यकर्मी संघको निष्कर्ष छ ।   

युनियनले बिरामीलाई सहज र छिटो छरिटो तथा गुणस्तरिय सेवा दिन आवश्यक पहल गर्नुपर्ने, आइसीयू बेड थप गर्नुपर्ने, समय सापेक्ष ऐन तथा नियमावली संशोधन, अदालतको आदेश कार्यान्वयन गर्दै कर्मचारी वृद्धि विकास, ट्रमा सेन्टर वीर अस्पताल मातहत सञ्चालन हुनुपर्ने, सेवा आयोग गठन, ओ एन एम सर्वे, कर्मचारी र शिक्षक वृद्धि विकास, स्तर वृद्धि, उपदान कोष स्थापना, सेवा अवधि गणना, दुवाकोट परियोजना शुरु गर्ने, नयाँ सर्जिकल भवन सञ्चालन, बिग्रिएको उपकरण, २ वटा सिटी स्क्यान, मेमोग्राम, स्पेशल ऐक्सरे, सी–आर्म, इन्डोस्कोपी, गामा क्यामरा, अक्सिजन मेसिन, फाइबर स्क्यान, १२ वटा भेन्टिलेटर, युरोफ्रोले मिटर लगायत तत्काल मर्मत र सञ्चालन, महंगोमा किनिएको इन्टा अप सिटी र टोमोथोपारी सञ्चालन लगायतका उपकरण मर्मत र सञ्चालन नहुनुमा कम कमिशन आउने हुँदा नयाँ किन्न आफूनिकटसँग स्फेपिकेसन माग गरी उसैलाई हुने गरी खरिदको भष्ट्राचारी समूहले टेन्डर आह्वानको तयारी पनि गरेको छ । 

उपकरण खरिद को रु १५ करोड बजेट हालसम्म खर्च भयको छैन। तलब भत्ता समयमै दिनु पर्ने करार तथा ज्यालादारी कर्मचारीलाई समान सेवा सुविधा दिनु पर्ने,  निजहरूलाई सेवा आयोगबाट लोकसेवाको नियम अनुसार स्याई प्रक्रिया शुरू गर्नुपर्ने, अस्पतालमा हुने चुहाबट रोक्नु पर्ने, वीर र ट्रमा सेन्टरमा भएको अनियमितताको सम्बन्धमा छानबिन हुनु पर्ने र तत्काल योग्य र सक्षम निर्देशक नियुक्ति हुनु लगायत माग राखेका छन् । 

उनीहरुले वीर अस्पताल र ट्रमा सेन्टर सुधार र चलाउन सक्ने ब्यक्ति भनेको डा. भुपेन्द्र बस्नेत, डा दिपेन्द्र श्रेष्ठ, डा दिपक दत्ता, र डा रूद्र मरासिनी भउको पनि स्पष्ट पारेका छन् । यीमध्ये एक निर्देशक हुनुपर्ने उनीहरुको माग छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ