arrow

तेलको दियो वा मैनबत्तीमा कुन पवित्र ?

इन्धनको रूपमा प्रयोग गरिने तेल तथा मैनबत्ती माथि आध्यात्मिक दृष्टिकोण

logo
अध्यात्म विज्ञान,
प्रकाशित २०७७ चैत २७ शुक्रबार
diyo_1617978123.jpg

काठमाडौँ ।  दियो बाल्नको लागि हामी कुन इन्धनको प्रयोग गर्छौँ, सोही अनुसार दीपबाट वातावरणमा उत्सर्जित हुने स्पन्दन र वातावरणको आध्यात्मिक शुद्धतामा प्रभाव भिन्न हुन्छ । ज्योतिबाट उत्सर्जित स्पन्दहरू दीप जलाई  रहनको लागि प्रयोग गर्ने इन्धनको सूक्ष्म घटकसँग सम्बन्धित हुन्छ ।

तल दिएको तालीकामा, हामीले घर र परिवेशमा प्रकाश हेतु प्रयोग गरिने तेलको दीप र मैनबत्तीको केही प्रचलित प्रकारलाई दर्साएका छौँ ।

इन्धन                                         वातावरणमा उत्सर्जित प्रमुख सूक्ष्म स्पन्दन
घिउ (लोकल गाईको दूधबाट निर्मित)           सत्त्व
तिलको तेल                                             सत्त्व-रज
नरिवलको तेल                                         रज-सत्त्व
सूर्यमुखी तेल                                            रज-सत्त्व
बदामको तेल                                            रज-तम
अलसीको तेल                                           रज-तम
जैतुनको तेल                                             रज-तम
तोरीको तेल                                              तम-रज
माहुरीको मैनबत्ती                                      तम
प्याराफिनको मैनबत्ती                                 तम
मटितेल                                                    तम

ध्यान दिनुहोस् हामीले तेललाई रज-तम वा सत्त्व-रजमा वर्गीकृत गरेका छौँ र सत्त्व, रज तथा तमको मात्रा प्रत्येकमा भिन्न हुन्छ । माथि दिएको तालीका प्रयोग गरेको इन्धनको आधारमा दीपबाट प्रक्षेपित हुने आध्यात्मिक स्पन्दन बुझ्नको एउटा सामान्य दिशानिर्देश हो ।

माहुरीहरूको मैनलाई तामसिक मानिन्छ र महलाई सात्त्विक जबकि दुवै माहुरी बाट नै प्राप्त हुन्छ ।  माहुरीहरू तम प्रधान हुन्छन् । मैन, काम गर्ने माहुरीहरूले बनाउँछन्, जुन उनीहरूको पेटमा स्थित ग्रन्थिबाट स्रावित हुन्छ । तदनुसार मैन जुन माहुरीहरूबाट आउँदछ, त्यो पनि तामसिक नै  हुन्छ ।

अर्कोतर्फ, महको लागि आवश्यक आधार-सामग्री फूलको रसबाट प्राप्त गरिन्छ जुन सात्त्विक हुन्छ । माहुरीहरू आफ्नो लामो, नली जस्तो जिब्रो प्रयोग गरेर फूलबाट रस चूसदछन् र त्यसलाई आफ्नो ‘‘मह पेट’’ मा सङ्गृहीत गर्दछन् । माहुरीको वास्तवमा दुइटा पेट हुन्छ, एउटा मह-पेट जसको उपयोग उनीहरू फूलको रस जम्मा गर्नको लागि थैलीको रूपमा प्रयोग गर्दछन् र अर्को सामान्य पेट ।

जब माहुरीहरू आफ्नो मधु कोशमा फर्कन्छ, उनीहरू फूलको रसलाई थैलीबाट पुनः मुखमा ल्याएर अर्को माहुरीहरूको मुखमा हालिदिन्छन् । रस उग्लने र निल्ने प्रक्रिया तब सम्म चल्दछ जब सम्म आंशिक रूपबाट पचेको रस अन्तमा मह-उत्पादन बन्न हेतु अगाडीको वाष्पीकरण (गाढा हुने प्रक्रिया) को लागि मधु कोशमा एकत्रित हुँदैन । माहुरीको पचाउने एंजाइमहरू जसले गुलियो अमृत पदार्थलाई  महमा परिवर्तन गर्दछ त्यसले महको सात्त्विकतामा खासै धेरै असर गर्दैन ।

यसबाट हामी बुझ्न सक्छौँ कि लोकल गाई सात्त्विक प्रकृतिको हुनुको कारण, लोकल गाईको दूधबाट बनेको घिउ पनि सात्त्विक हुन्छ । यसको विपरीत मैनबत्ती तामसिक हुन्छ किनभने मैन बनाउने मूल पदार्थ एउटा तम प्रधान कीराहरूबाट प्राप्त हुन्छ ।

इमेल : hjsnepal@gmail.com

वेवसाइट:  स्पिरिच्युअल साइन्स रिसर्च फाउन्डेसन (एसएसआरएफ)



नयाँ