arrow

मेगा बैङ्कको क्युआर कोड सेवाले धनगढीका रिक्सा चालक हर्षित

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २९ आइतबार
mega-qr-code-dhangadi.jpg

काठमाडौँ। मेगा बैङ्क नेपाल लिमिटेडले क्युआर कोड सेवा उपलब्ध गराएपछि धनगढीका विद्युतीय रिक्सा चालकहरू हर्षित भएका छन्। विद्युतीय रिक्सा चालक मजदुर सङ्घसँगको सम्झौता बमोजिम मेगा बैङ्कले कैलालीको धनगढीमा क्युआर कोडबाट यात्रुहरूले भाडा भुक्तानी गर्न मिल्ने प्रबन्ध मिलाएपछि रिक्सा चालकहरू खुसी भएका हुन्।

नेपाल राष्ट्र बैङ्क भुक्तानी विभागका कार्यकारी निर्देशक भुवन कँडेलले मेगा बैङ्कको धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक कार्यालयमा एक कार्यक्रमका बीच क्युआर कोड हस्तान्तरण गर्दा रिक्सा चालकहरू निकै खुसी भएका थिए। बैङ्कसँग कारोबार गर्न पाउनु आफूहरूको लागि निकै गर्वको कुरा भएको बताउँदै उनीहरूले मेगा बैङ्कलाई धन्यवाद पनि दिएका थिए।

कार्यक्रममा नेपाल राष्ट्र बैङ्क, सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीका प्रमुख निर्देशक सुशील ज्ञवाली, मेगा बैङ्कका सुदूरपश्चिम प्रदेश प्रमुख सागर ओझा, बजार विभाग प्रमुख वरुण शाह, मेगा बैङ्क नेपाल लिमिटेड धनगढी शाखाका शाखा प्रबन्धक होमेन्द्र उपाध्यायको उपस्थिति थियो।

यो व्यवस्थासँगै अब धनगढीका रिक्सामा यात्रुहरूले आफ्नो मोबाइल बैङ्किङ एप्लिकेसन मार्फत भाडा रकम सजिलै क्युआर कोडबाट भुक्तानी गर्न सक्नेछन्। नगद कारोबारलाई बिस्तारै विस्थापन गरी डिजिटल कारोबार र नगदरहित कारोबारलाई बढवा दिने नेपाल राष्ट्र बैङ्कको नीति बमोजिम मेगा बैङ्कले क्युआर कोड सेवाको विस्तारलाई तीव्रता दिइरहेको छ।

क्युआर कोडबाट भुक्तानी गर्दा छिटो छरितो, झन्झटमुक्त तथा सुरक्षित हुने, कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने भएकोले व्यवसायी तथा उपभोक्ताहरूको आकर्षण दिन प्रतिदिन बढ्दै गइरहेको मेगा बैङ्कले जनाएको छ।

यसका साथै स्वरोजगार मूलक काम गरिरहेका न्यून आय भएका रिक्सा चालकहरूको रकम सिधै बैङ्क खातामा बचत हुने भएकाले रकम बोकेर हिँड्न पर्ने बाध्यता हट्ने बैङ्कको विश्वास छ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित बैङ्किङ सेवा सञ्चालन गर्दै आएको मेगा बैङ्कले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई डिजिटल माध्यमबाट पूर्णपुरमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले टिक बैङ्किङ, भिडियो अकाउन्ट ओपनिङ्ग, वीच्याट–पे, च्याट बड जस्ता प्रविधिमा आधारित सेवालाई महत्त्वका सञ्चालनमा ल्याएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ