काठमाडौं। युरो २०१६को आयोजक फ्रान्स आयरल्याण्डलाई पराजित गर्दै क्वार्टरफाईनल प्रवेश गरेको छ। आयरल्याण्डलाई २-१ गोलले पराजित गरेपछि फ्रान्सको क्वार्टरफाईनल यात्रा तय भएको हो।
एक गोलले पछि परेको स्थितीबाट २-१को बिजय हात पार्न फ्रान्सका एन्टोनी ग्रीजम्यानले दोस्रो हाफमा २ आकर्षक गोल गरेका थिए।
खेलको दोस्रो मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै आयरल्याण्डका रबी ब्राडीको गोलले १-०को अग्रता लिएको थियो। खेलको ५८ र ६१औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै फ्रान्सलाई २-१को अग्रता दिलाएका थिए। त्यसपछि कुनै गोल हुन नसक्दा खेल फ्रान्सले जितेको थियो।
खेलको ६६औं मिनेटमा ढेन डफीले ग्रीजम्यानलाई फाउल गरे पछि रातो कार्ड पाउँदै बाहिरिएका थिए।