arrow

विदुर नीति : यस्ता तीन मानिसलाई बिर्सेर पनि नबताउनुस् आफ्ना कुरा

logo
विदुर नीति,
प्रकाशित २०७८ वैशाख १ बुधबार
vidur-niti1.jpg

काठमाडौँ ।  हाम्रो जीवनमा केही चीजहरू छन्, जुन हामी गोप्य राख्न चाहन्छौँ। तर धेरै पटक हामी जानाजानी त्यस्ता व्यक्तिहरूसँग आफ्ना गोप्य कुरा साझा गर्दछौँ जसले त्यसलाई सार्वजनिक गरिदिन्छन् । विदुर नीतिका अनुसार तीन प्रकारका व्यक्तिहरूलाई कहिले पनि आफ्ना रहस्यहरू भन्नु हुँदैन। विदुर नीति महाभारतको महत्त्वपूर्ण पात्र महात्मा विदुरले रचेको एक नीति पुस्तक हो। यस नीतिमा समाज र मानिसहरूको हितका लागि भनिएको छ।

विदुर एक उच्च विद्वान र कुशल रणनीतिकार थिए। भनिन्छ कि महात्मा विदुरको समझदारी र  भगवान् कृष्णको साथ पाएर
पाण्डवहरूले महाभारत युद्धमा कौरवहरूलाई पराजित गरेका थिए । महात्मा विदुरले त्यस्ता तीन व्यक्तिलाई रहस्यको कुरा बताउन कहिल्यै नहुने भनेका छन् ।

लोभी
विदुर नीति अनुसार जो व्यक्ति लोभी स्वभवको छ त्यस्तोलाई आफ्नो गोप्य कुरा कहिले पनि भन्नु हुँदैन। महात्मा विदुरले भनेका छन् कि लोभी व्यक्ति कसैको विश्वासयोग्य हुन सक्दैन्। त्यस्ता व्यक्तिहरूले सानो लोभमा परेर आफ्नो इमानलाई बेच्ने गर्छन् ।

चतुर
एक चलाख व्यक्तिलाई पनि आफ्नो रहस्य कहिले प्रकट गर्नु हुँदैन। विदुरले भनेका छन् कि जो मानिस चलाख हुन्छन् ती वास्तवमा रहस्य बताउन लायक हुँदैनन् । यदि तपाईँ आफ्नो जीवनमा त्यस्ता व्यक्तिलाई महत्त्व दिँदै हुनुहुन्छ भने तपाईँले सोचविचार गरी काम गर्नु पर्छ।

कुराकानी
कुराकानी गर्ने प्रकृतिको मानिसहरू कहिल्यै आफ्नो रहस्यहरू प्रकट गर्न हुँदैन। महात्मा विदुरले भनेका छन् कि अधिक बोल्ने व्यक्तिले कसैको भावना र विचार सुनेर समय आएसँगै आफ्नै हितमा प्रयोग गर्ने कोसिस गर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ