arrow

लुम्बिनी प्रदेशका दुई मन्त्रीले दिए राजीनामा, मुख्यमन्त्रीविरुद्ध ४१ सांसदको हस्ताक्षर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ६ सोमबार
shankar_pokherel.jpg

बुटवल/कपिलबस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा जनता समाजवादी पार्टीकी सांसद कल्पना पाण्डेले हस्ताक्षर गरेको पाइएको छैन् ।

नयाँ मुख्यमन्त्रीमा कुलप्रसाद केसीको नाम प्रस्ताव गर्दै ४१ सांसदको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरिएको काँग्रेस प्रदेशसभा प्रमुख सचेतक फखरुदिन खानले हाम्राकुरालाई जानकारी दिए ।

नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध सोमबार अविश्वास प्रस्ताव दर्ता उनले बताए ।

४१ सांसदको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरिएको हो । अविश्वासको प्रस्तावमा ४२ जना सांसदको नाम उल्लेख भएपनि सांसद पाण्डेको हस्ताक्षर छैन् । लुम्बिनी प्रदेशसभामा ८७ सांसद छन् । बहुमतका लागि कम्तीमा ४३ सांसद आवश्यक पर्छ ।

एमालेभित्र केपी ओली र माधव नेपाल पक्षविच एकता नरहेकाले फ्लोस क्रस हुने खतरा छ । यद्यपी, मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिनसक्ने उनी निकट सांसदहरुले दाबी गरेका छन् । किनकी विश्वासको मत लिन पोखरेललाई तीन जना सांसद आवश्यक रहेकाले उनले जसपाका तीन र जनमोर्चाका एक सांसदको समर्थन पाउने दाबी गरिएको छ ।

यता, नयाँ सरकारको आव्हान गर्दै लुम्बिनी प्रदेशमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकास मन्त्री सुदर्शन बरालले संयुक्त राजीनामा दिएका छन् ।  उनीहरुले मुख्यमन्त्री शंकर पोखरेललाई संयुक्त रुपमा राजीनामा पत्र बुझाएका हुन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ