arrow

लुम्बिनी प्रदेश : अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका चार सांसद मन्त्री बन्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ६ सोमबार
shankar-pokhrel3.jpg

कपिलवस्तु । लुम्बिनी प्रदेश सरकारमा चार जना मन्त्री थपिने भएका छन् । मुख्यमन्त्री शङ्कर पोखरेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको दुई घण्टा नबित्दै जनता समाजवादी पार्टीका सांसदहरू पोखरेल नेतृत्वकै सरकारमा सहभागी हुने भएका हुन् ।

माओवादी केन्द्रका दुई जना मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक विकास मन्त्रालयसङै अन्य दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गर्न लागिएको हो ।

लुम्बिनी प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेर अरू २ मन्त्रालय बनाउने तयारी गरी रहेको छ ।
नियुक्त हुने मन्त्रीहरूको सोमबार नै शपथ ग्रहण गराउने तयारी गरिएको हो ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसदहरू विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बन्ने टुंगो लागि सकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ