arrow

लुम्विनी प्रदेशमा कोरोना संक्रमण दर उच्च,  शहरी क्षेत्रका विद्यालय वन्द गर्न आलटाल

logo
नारायण वली
प्रकाशित २०७८ वैशाख ८ बुधबार
lumbini-hospital.jpg

रुपन्देही । लुम्विनी प्रदेश अन्तर्गतका जिल्लाहरुमा दोस्रो चरणको कोरोना भाइरसको कहर दिन प्रतिदिन जटिल वन्दै गएको छ । जसका कारण यहाँका अस्पतालहरुमा विरामीहरुको संख्या भरिंदै गएको पाइएको छ । दैनिकजसो  संक्रमितहरुको संख्या वढ्दै जान थालेपछि अस्पतालहरुले भार थेग्न स्थिती नरहने भएको छ ।

संक्रमण दर वढ्दै गएकाले लुम्विनी प्रदेश कोरोना भाइरसको जोखिम क्षेत्र बनेको छ । संक्रमणको दोस्रो लहर प्रदेशका अधिकांश स्थानमा विशेष गरी वालवालिकाहरुमा संक्रमणको खतरा वढ्दै गएको हो । दोस्रो चरणको (नयाँ भेरियन्ट)ले वालवालिकालाई वढी प्रभावित वनाएको चिकित्सकहरुले वताएका छन् ।

यस्तै, वालवालिकामा कोरोनाको प्रभाव अत्याधिक देखिन थालेसंगै देशका ठूला शहरहरुमा रहेका विद्यालयहरु वन्द गर्नुपर्ने सरकारले निर्णय गरेपनि लु्म्विनी प्रदेश अन्तर्गत रुपन्देही लगायतका जिल्लाहरुका विद्यालयहरु वन्द भएका छैनन् ।

हाल रुपन्देही, दाङ र वाँकेमा दिनहुँ संक्रमणको दर वढ्नुको साथै, मृत्यु हुनेको पनि संख्या थपिदै गएको छ । जस अन्तर्गत दुई साता यता रुपन्देहीका विभिन्न अस्पतालहरुमा सक्रिय संक्रमितको संख्या हेर्दा ४ सय ४७ पुगेको छ । उनीहरुको उपचार कार्य जारी छ । दोस्रो चरणको कहर शुरु भएपछि हालसम्म १ सय ६१ जनाको मुत्यु भएको वताइएको छ ।

तर, संक्रमण तिव्र रुपमा फैलिदै जाँदा समेत नागरिकहरुले सरकारले निर्देश गरेको स्वास्थ्य मापदण्ड जिम्मेवारीका साथ पालना नगरेको पाइएको छ । जसकार्यमा सरकारको न कुनै कडाई छ, न नागरिक सचेत बनेका छन् । त्यस्तै, भैरहवामा रहेको भीम अस्पतालका आईसियु र भेन्टिलेटर वेड भरिएका छन् । जहाँ, २० जना संक्रमितहरु राखिएको छ ।

बुटवल स्थित धागो कारखानामा रहेको लुम्विनी प्रादेशिक कोरोना विशेष अस्पतालमा १० जनाको अहिले उपचार भैरहेको छ । उता, न्यू युनिभर्सल मेडिकल कलेज भैरहवामा पनि ८ जनाको आईसियुमा उपचार जारी राखिएको सो अस्पताले जनाएको छ । त्यहाँ १५ जनाको भेन्टिलेटरमा राखिएको उल्लेख छ । 

संक्रमितहरुमा स्वासप्रश्वास, ज्वरो र खोकी जस्ता समस्या देखिएको लुम्विनी प्रादेशिक कोरोना विशेष अस्पतालका फोकल पर्सन डा.सुर्दशन थापाले वताए । रुपन्देहीमा सरकारी र निजी गरी ६ वटा अस्पतालले कोरोना संक्रमितहरुको उपचार गर्दै आएका छन् । उक्त अस्पतालहरुमा जम्मा ३७ वटा आईसियु र १० वटा भेन्टिलेटर रहेको वुझिएको छ ।

अझै भएनन् शहरी क्षेत्रका विद्यालय वन्द 

लुम्विनी प्रदेशका मुख्य शहरहरुः रुपन्देहीको बुटवल, भैरहवा, दाङको घोराही, तुलसीपुर, वाँकेको नेपालगंज कोहलपुरमा वालवालिकाहरुमा संक्रमण जोखिम वढी देखिदै आएको छ । रुपन्देहीमा हाल सम्म १६ वर्ष मुनिका ५ जना र वाँकेमा भने, ५५ जना वालवालिकामा संक्रमण भएको पाईएको छ । 

पछिल्लो समय वालवालिकामा वढी केन्द्रित रहेको कोरोना भाईरसबाट वच्नका लागि सरकारले देशका प्रमुख शहरहरुका विद्यालयहरु वैशाख महिनाभरी वन्द गर्नुपर्ने निर्णय गरेपनि रुपन्देही सहितका जिल्लाहरुले सरकारको सो निर्णयलाई पालना नगरेर दैनिक विद्यालय सञ्चालन गर्दै आएका छन् । जिल्ला स्तरमा बसेको डिसीएमसीको वैठकले स्वास्थ्य मापदण्डको पालना गरी विद्यालय सञ्चालन गर्नुपर्ने निर्णय गरेपछि विद्यालय खोलिएको बुटवलको दीप वोर्डिङ्ग स्कुलका एक शिक्षकले वताए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ