arrow

मेगा बैङ्क र भोटेवहाल तयारी पोसाक उत्पादन तथा बिक्रेता सङ्घबिच सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ८ बुधबार
mega-garment.jpg

काठमाडौँ। मेगा बैङ्क नेपाल लिमिटेडले विपन्न वर्ग, लघु, घरेलु, साना तथा मझौला उद्यमीहरूलाई व्यवसाय प्रवर्धन गर्ने उद्देश्यले भोटबहाल तयारी पोसाक उत्पादन तथा विक्रेता सङ्घसँग सम्झौता गरेको छ।

सम्झौता पत्रमा बैङ्कको नायव प्रमुख कार्यकारी अधिकृत रवीना देशराज श्रेष्ठ र भोटेबहाल तयारी पोसाक उत्पादन तथा बिक्रेता सङ्घका तर्फबाट वरिष्ठ उपाध्यक्ष शान्तामणि रेग्मीले हस्ताक्षर गरे।

मेगा बैङ्कले भोटेबहाल तयारी पोसाक उत्पादन तथा विक्रेता सङ्घसँग आबद्ध उद्यमीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्नको लागि साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैङ्कको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैङ्कको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधीनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ। साथै, बैङ्कले उद्यमीहरूलाई बैङ्कको सम्पूर्ण सुविधाहरूका साथै क्युआर कोड पनि वितरण गर्नेछ, जसबाट बैङ्किङ कारोबार गर्न सहज र सरल हुने बैङ्कको विश्वास रहेको छ।

मेगा बैङ्ककी नायव प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भोटेबहाल बजारका उद्यमीहरूलाई बैङ्कको नजिकैको शाखा कार्यालयहरूमार्फत छिटो छरितो ढङ्गले सहुलियतपूर्ण कर्जा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

साथै, सङ्घका वरिष्ठ उपाध्यक्ष रेग्मीले मेगा बैङ्कले बिना धितो सहुलियतपूर्ण व्याज अनुदान कर्जालाई प्राथमिकताका साथ प्रवाह गर्दै आएकोले मेगासँग सहकार्य गरेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ