arrow

लुम्बिनी प्रदेशमा उकालो लाग्दै कोरोनाको ग्राफ, भरिए संक्रमितले अस्पताल

logo
नारायण वली, 
प्रकाशित २०७८ वैशाख ९ बिहिबार
lumbini_pradesik_hospital_line.jpg

रुपन्देही । लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाहरुमा दोस्रो चरणको कोरोना कहरको ग्राफ दिन प्रतिदिन जटिल बन्दै गएको छ । जसका कारण यहाँका अस्पतालहरुमा बिरामीहरुको संख्या भरिँदै गएको पाइएको छ । दैनिक जसो  संक्रमितहरुको संख्या बढ्दै जान थालेपछि अस्पतालहरुले भार थेग्न सक्ने स्थिति नरहने देखिएको छ ।

संक्रमण दर बढ्दै गएकाले लुम्बिनी प्रदेश कोरोना भाइरसको जोखिम क्षेत्र बनेको छ । संक्रमणको दोस्रो लहर प्रदेशका अधिकांश स्थानमा विशेष गरी बालबालिकाहरुमा संक्रमणको खतरा बढ्दै गएको हो । दोस्रो चरणको (नयाँ भेरियन्ट) ले बालबालिकालाई बढी प्रभावित बनाएको चिकित्सकहरुले बताएका छन् ।

यस्तै, बालबालिकामा कोरोनाको प्रभाव अत्यधिक देखिन थालेसँगै देशका ठूला शहरहरुमा रहेका विद्यालयहरु बन्द गर्नुपर्ने सरकारले निर्णय गरे पनि लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही लगायतका जिल्लाहरुका विद्यालयहरु बन्द भएका छैनन् । बुधवार मात्रै बुटवल उपमहानगरपालिकाले एक सूचना जारी गर्दै नगर भित्रका विद्यालय बैशाख महिनाभित्र बन्द गर्न आह्वान गरेको छ । 

हाल रुपन्देही, दाङ र बाँकेमा दिनहुँ संक्रमणको दर बढ्नुको साथै मृत्यु हुनेको पनि संख्या थपिँदै गएको छ । जसअन्तर्गत दुई साता यता रुपन्देहीका विभिन्न अस्पतालहरुमा सक्रिय संक्रमितको संख्या हेर्दा ४ सय ४७ पुगेको छ । उनीहरुको उपचार कार्य जारी छ । दोस्रो चरणको कहर शुरु भएपछि हाल सम्म १ सय ६१ जनाको मुत्यु भएको बताइएको छ ।

तर संक्रमण तीव्र रुपमा फलिदै जाँदासमेत नागरिकहरुले सरकारले निर्देश गरेको स्वास्थ्य मापदण्ड जिम्मेवारीका साथ पालना नगरेको पाइएको छ । जसकार्यमा सरकारको न कुनै कडाई छ, न नागरिकसमेत बनेका छन् । 

त्यस्तै भैरहवामा रहेको भिम अस्पतालका आईसीयू र भेन्टिलेटर बेड भरिएका छन् । जहाँ २० जना संक्रमितहरु राखिएको छ । बुटवलस्थित धागो कारखानामा रहेको लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पतालमा १० जनाको अहिले उपचार भैरहेको छ । 

उता न्यूनिभर्सल मेडिकल कलेज भैरहवामा पनि ८ जनाको आईसीयूमा उपचार जारी राखिएको सो अस्पताले जनाएको छ । १५ जनालाई भेन्टिलेटरमा राखिएको उल्लेख छ । 

संक्रमितहरुमा स्वासप्रश्वास, ज्वरो र खोकी जस्ता समस्या देखिएको प्रादेशिक कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । रुपन्देहीमा सरकारी र निजी गरी ६ वटा अस्पतालले कोरोना संक्रमितहरुको उपचार गर्दै आएका छन् । 

उक्त अस्पतालहरुमा जम्मा ३७ वटा आईसीयू र १० वटा भेन्टिलेटर रहेको बुझिएको छ । लुम्बिनी प्रदेशका मुख्य शहरहरु रुपन्देहीको बुटवल, भैरहवा, दाङको घोराही, तुलसीपुर, बाँकेको नेपालगंज, कोहलपुरमा बालबालिकाहरुमा संक्रमण जोखिम बढी देखिदै आएको छ । रुपन्देहीमा हालसम्म १६ वर्ष मुनिका ५ जना र बाँकेमा भने ५५ जना बालबालिकामा संक्रमण भएको पाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ