arrow

कृषकहरूलाई आधुनिक बैङ्किङमा लैजाँदै मेगा बैङ्क

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ९ बिहिबार
mega-shangrila-agro.jpg

काठमाडौँ। मेगा बैङ्क नेपाल लिमिटेडले कृषकहरूलाई आधुनिक बैङ्किङ सुविधाका लागि प्रोत्साहन गर्ने नीति लिएको छ। नेपालको अर्थतन्त्रको अभिन्न अङ्गका रूपमा रहेका कृषकहरूलाई आधुनिक बैङ्किङ सुविधाको प्रयोग गर्नका लागि प्रोत्साहन गर्ने उद्देश्यले मेगा बैङ्कले क्युआर कोड सुविधालाई तीव्रताका साथ विस्तार गरिरहेको हो।

यस क्रममा कृषि क्षेत्रमा डिजिटल बैङ्किङलाई प्रवर्द्धन गर्न मेगा बैङ्कले ललितपुरको कुसुन्तीस्थित साङ्ग्रिला एग्रो प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ। सम्झौता अनुसार, मेगा बैङ्कले साङ्ग्रिला एग्रोले कुसुन्तीमा सुरु गर्न लागेको तरकारी तथा फलफूल बजारसँग आबद्ध सबै कृषि उत्पादक तथा बिक्रेतालाई बैङ्किङ सुविधा तथा कर्जा सुविधा प्रदान गर्नेछ।

यसका साथै, साङ्ग्रिला एग्रोसँग आबद्ध कृषक र बिक्रेताहरूलाई निःशुल्क क्युआर कोडको व्यवस्था गरिनेछ भने क्युआर कोड प्रयोग गरी तरकारी तथा फलफूल खरिद गर्ने ग्राहकहरूलाई १० प्रतिशतसम्म छुट अथवा बढीमा ५ सय रुपैयाँसम्म छुटको व्यवस्था गरिएको मेगा बैङ्कले जनाएको छ।

यस सम्बन्धी सम्झौता पत्रमा मेगा बैङ्ककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र साङ्ग्रिला एग्रोका अध्यक्ष गणेशबहादुर सुवेदीले हस्ताक्षर गरेका छन्।

केही दिन अघि मात्रै मेगा बैङ्कले काठमाडौँ उपत्यका र आसपासका गोलभेँडा उत्पादक कृषकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कर्मा समूहसँग सम्झौता गरेको थियो भने जोरपाटीस्थित विश्रान्ति होलसेल तरकारी तथा फलफूल बजारसँग आबद्ध तरकारी व्यवसायी र तरकारी बिक्रेतालाई क्युआर कोड वितरण गरेको थियो।

नेपालको आधारभूत तहमा रहेका कृषकहरूलाई आधुनिक बैङ्किङतर्फ आकर्षित बनाउन सके बैङ्किङ सेवाको विस्तारले पनि तीव्रता पाउने मेगा बैङ्कको विश्वास छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ