arrow

यातायात व्यवस्था कार्यालय सिराहामा लाइसेन्स खुला रूपमा विक्री हुने स्थानीयको आरोप

सेवाग्राहीको काम बिना घुस नहुने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १७ शुक्रबार
siraha-yatayat.jpg

सिराहा । यातायात व्यवस्था कार्यालय लहान सिराहामा मोटरसाइकल, कार जिप, लगाइतका लाइसेन्स खुल्ला रूपमा बिक्री भैरहंदा पनि नियामक निकाय सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन रहेको आरोप स्थानीयले लगाएका छन्।

कोभिड १९ महामारीको बेलामा पनि सबै प्रोटोकललाई मिच्दै धमाधम ट्रायल लिने र लाइसेन्स खुल्ला रूपमा विक्री हुँदै आएको स्थानीयको आरोप छ । 

प्रदेशका भौतिक यातायात मन्त्री जितेन्द्र सोनेल र कार्यालय प्रमुख मीन भट्टराईको मिलोमतोमा लाइसेन्स बिक्री वितरण भैरहेको स्थानिय सेवाग्राही अरुण कुमार कामतीले दावी गरे। कार्यालय प्रमुख उपसचिव दरबन्दी रहेको ठाउँमा करिब ५ वर्षदेखि शाखा अधिकृतले नेतृत्व गरिरहेका छन्।

कार्यालय प्रमुख कार्यालय नआई चलाइरहेको छन् भने सेवाग्राहीको काम बिना घुस नहुने गरेको कामतीले बताए ।

कार्यालय प्रमुख नहुँदा नायब सुब्बा बिजय दाहालले कार्यालय चलाउने गरेका छन्।दाहाल पनि करिब ६/७ वर्षदेखि लहान यातायात रहेका छन् । 

ट्रायल सेन्टरमा ट्राफिक नियम अनुसार सिसी क्यामरा जडान हुनुपर्नेमा सिसी क्यामेरा जडान नगरी ट्रायल लिने काम हुँदै आएको छ। सामान्यतया ३सय जना सहभागी हुँदा ५ देखि १० जनाले लाइसेन्स पास गरे पनि अन्य २५०जनालाई पैसा लिएर लाइसेन्स दिने गरेको स्वयं कर्मचारीहरु टिप्पणी गर्छन् ।

सोही कार्यालयमा कार्यरत इन्जिनियर नितेश्वर राय यादवले सहमति विपरीत चेकजाँच पास नगरी प्रति गाडीको १५हजार देखि २०हजार लिने गरेको तथा  कार जिपको पनि अञ्चलिकरण नियम विपरीत २५हजार लिएर काम गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ