arrow

उपनिर्वाचनमा माओवादी केन्द्रका नेताले सहयोग गरेकाले केन्द्र रोजे: सांसद् वली (भिडियो)

logo
नारायण वली
प्रकाशित २०७८ वैशाख १९ आइतबार
bimala oli1-1619949835.jpg

रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य विमला कुमारी खत्री (वली) उपनिर्वाचनका वेला नेकपा माओवादी केन्द्रका नेताहरुले आफुलाई सहयोग गरेकाले खुसीका साथ माओवादी केन्द्र रोजेको स्पष्ट पारेकी छिन् ।

दाङ क्षेत्र नं.३ (ख)मा भएको उपनिर्वाचनमा साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचन जितेर सांसद् वनेकी उनी हाल माओवादी केन्द्र रोज्दा एमाले पार्टी खलबलिएको छ । एमालेले एकल बहुमतको सरकार गठन गर्नका लागि आफ्नो दाबी समाचार प्रकाशन भएको केही समय मै सांसद् वलीले आफुले माओवादी केन्द्र रोजेको एक प्रेस बक्तव्य सार्वजनिक गरेकी थिइन् ।

यता, एमालेका नेताहरुले भने, सांसद् वलीलाई अपहरण गरिएको तर्क व्यक्त गरेका थिए । तर प्रदेशसभा सदस्य वलीले आइतवार पत्रकार सम्मेलन गरेर अपहरण भन्ने कुराको खण्डन गरेकी छिन् । पत्रकार  सम्मेलनमा उनले भनिन्, कसैको सिकायत र लोभ नपरी, आफ्नै राजीखुसीले माओवादी केन्द्र रोजेको पुष्टि गरिन् ।

भिडियो: 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ