arrow

लुम्विनी प्रदेशमा सांसदहरुमाथि धरपकड : प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रहरीले नाङ्गो नाच देखाए (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १९ आइतबार
nirmala-1619970448.JPG

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनियताको शपथ लिने क्रममा धरपकड भएको छ । महिला सांसदहरुमाथि प्रहरीले दमन गरेको खबर प्राप्त भएको छ ।

आइतबार दिउँसो देखिनै धर्नामा बसेका विपक्षी गठबन्धनका सांसदहरुले प्रदेश प्रमुखको कार्यालय नाराबाजी गरेर शपथ रोक्न खोजेपछि धरपकड भएको हो । विपक्षी दलका सांसदहरुले संविधान विपरीत भएको निर्णय बदरको माग गर्दै मुख्यमन्त्रीको नियुक्तीलाई रोक्न र सपथ कार्यक्रम रोक्न धर्नामा थिए ।

तर बाक्लो सुरक्षा घेराबीच प्रदेश प्रमुख यादवलाई मुख्यमन्त्री कार्यालय लगेर शपथ खुवाइएको हो । सांसद निर्मला क्षेत्रीले आफूमाथि प्रहरीले दमन गरेको बताइन । उनले भनिन्,‘प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रहरी प्रशासनले नाङ्गो नाच देखायो, अब न्यायका लागि हामी जहाँ जान पनि तयार छौं ।’ त्यस क्रममा प्रहरीले सांसद लौटी थारुलाई लछारपछार गरेको बुझिएको छ । 

नेपाली कांग्रेस, माओवादी, जसपा र राजमोसहितको गठबन्धले बहुमत आफूहरुसँग रहेको दाबी गर्दै शपथ रोक्न माग गरे पनि प्रदेश प्रमुख यादवले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै पुगेर पोखरेललाई शपथ खुवाएका छन् । 

भिडियो:

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ