arrow

डिआइजी धानुकमाथि महिला सांसद हातपातको आरोप

कानुनी उपचार खोजिने

logo
नारायण वली,
प्रकाशित २०७८ वैशाख २० सोमबार
dhanuk-case.jpg

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रदेश प्रहरी प्रमुख रवीन्द्र प्रताप धानुकलाई महिला सांसद माथि हातपात गरेको आरोप लागेको छ । 

नेकपा माओवादी केन्द्रकी सांसद दामा शर्माले प्रदेश प्रहरी प्रमुख धानुकले प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्ना बसेका महिला सांसद माथि हिंसा गरेकाले आफूहरूले कानुनी उपचार खोज्ने जिकिर गरिन् ।

आइतबार साँझ अल्पमतमा परेका मुख्यमन्त्री शङ्कर पोख्रेलको शपथ खुवाउने कार्यक्रम रोक्नका लागि धर्ना दिन प्रदेश प्रमुखको कार्यालय पुगेका महिला सांसदहरू माथि डिआइजी धानुकले हातपात गरेको आरोप लागेको हो । 

महिला सांसद निर्मला क्षेत्री, लौटी थारु, सुष्मा यादव, फूल मति ढेगा, गीता थापा र पुष्पा थरुनी माथि हातपात भएको नेपाली काँग्रेसकी सचेतक निर्मला क्षेत्रीले उल्लेख गरिन् ।

लुम्बिनी प्रदेशका महिला सांसदहरुले आफूहरू माथि आइतबार राती प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्ना बसेका वेला प्रहरी प्रशासनले हातपात एवं दमन गरेको आरोप लगाएका हुन् । 

सोमबार (आज) बुटवलमा आयोजित पत्रकार सम्मेलनमा महिला सांसदहरुले प्रदेश प्रमुखको कार्यालयमा, प्रदेश प्रहरी प्रमुख डिआइजीले महिला सांसदहरू माथि हातपात गरेको जनाएका हुन् ।

पत्रकार सम्मेलनमा उनीहरूले भने, प्रदेश प्रहरी प्रमुख धानुकले महिला प्रहरीको प्रयोग नगरेको बताए । साथै उनीहरूले महिला सांसदहरूको संवेदनशील अङ्गमा हातपात समेत भएको भन्दै, हातपात गर्ने प्रहरी प्रमुख धानुकलाई कारबाहीको माग गरेका छन् । 

सो सम्बन्धमा धर्नामा बसेका महिला सांसदहरू माथि प्रदेश प्रहरी प्रमुख धानुकले बल प्रयोग गर्दै, महिला हिंसा गरेकाले तत्काल निलम्बन गर्नुपर्ने नेपाली काँग्रेसका संसदीय दलका नेता वीरेन्द्र कानौडियाको भनाई रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ