arrow

रुपन्देहीको निषेधाज्ञा : सानालाई ऐन, ठुलालाई चैन !

logo
नारायण वली,
प्रकाशित २०७८ वैशाख २२ बुधबार
tipper-butwal-rupandehi.jpg

रुपन्देही । लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देहीमा नयाँ भेरियन्टको कोरोना भाइरस तीव्र रूपमा बढ्दै गएको यहाँका कोरोना विशेष अस्पतालहरूले दिएको सूचनाले जनाउँछ । सोही अनुरूप, नागरिकको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै, वैशाख १३ गते बसेको मन्त्रीपरिषद् बैठकले १६ गते देखि रुपन्देहीमा निषेधाज्ञा गर्नुपर्ने निर्णय गर्‍यो ।

फलस्वरुप, वैशाख १६ गते देखि ३० गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी भयो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पनि एक सुचना जारी गर्दै, दोस्रो चरणको भेरियन्टले धेरैको ज्यान लिइरहेकाले, अत्यावश्यक बाहेक हिँडडुल र सवारीहरू चल्न नपाइने सूचना जारी नगरेको भने, होइन, ।   

तर, रुपन्देहीको निषेधाज्ञा, (सानालाई ऐन, ठुलालाई चैन) जस्तै वन्न पुगेको छ । रुपन्देहीको मुख्य बजार बुटवल शहर सुनसान बनेको छ, भने भैरहवा पनि उस्तै छ । प्रशासनले जारी गरेको सूचनामा सबै प्रकारका पसल, उद्योग, होटेल एवं पार्टी प्यालेस र सवारी आवागमन बन्द गर्नुपर्ने उल्लेख गरेता पनि, विडम्बना, त्यसको कुनै कार्यान्वयन हुन सकेको छैन । 

जसका कारण यहाँका साना व्यवसायीहरूले गुनासो गर्न थालेका छन् । उनीहरू भन्छन्, हामी प्रशासनको नियमलाई आत्मसाथ गर्छौँ, तर, कसैलाई मनपरी त, कसैलाई लाठीको कसी मान्न नसकिने बत्ताउँछन् । दुग्ध पसल र तरकारी पसलहरूलाई बिहान र साँझमा मात्रै खोल्न दिएको स्थानीय प्रशासनले, आफूले नै जनहितमा जारी गरेको सूचनालाई बेवस्ता गर्दै, खुलेआम रूपमा प्रमुख सडकमा टिप्परहरु गुडिरहँदा भने, प्रहरी प्रशासन निरीह बन्न पुगेको गुनासो पोख्छन् ।

उनीहरू भन्छन्, प्रहरीले न, ती टिप्परहरुलाई रोक्न सक्छ, न नियम बारे बुझाउन । निषेधाज्ञामा सबैलाई एउटै नियम प्रयोग गर्नुपर्ने सूचना जारी गरेको प्रशासन आखिर किन ? टिप्परसंग निरीह बन्छ, यो महामारी कोरोना भाईरसको कालमा ? 

यहाँ टिप्पर मात्रै होइन, निजी नम्बर प्लेटका कार, भारतीय नम्बर प्लेटका कार, ट्याक्टर, साना तथा मझौला ढुवानी सवारी लगायत दैनिक रूपमा सञ्चालन हुँदा, साना व्यवसायीहरूले रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई प्रश्न गर्छन्, 'यदि, कोरोना कहरको नियम सबैलाई हो भने, टिप्पर तथा विल्डिङ्ग कन्स्ट्रक्सनका ठेकेदारहरूको धन्दालाई बन्द गर्नुपर्‍यो, होइन भने, हाम्रो पनि बैङ्कमा ऋण छ, तिर्नलाई हामी पनि खोल्न बाध्य हुन्छौं ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ