arrow

'तेस्रो लहरको सम्भावना निकै कम, १९ जुलाई सम्ममा कोभिड गइसक्ने'

logo
इन्डिया न्युज नेटवर्क,
प्रकाशित २०७८ जेठ २४ सोमबार
rabindra-godse.jpg
चिकित्सक डा. रवीन्द्र गोडसे

आइएनएन । नेपाल, भारत लगायतका राष्ट्रहरूले अझै पनि कोरोना भाइरसको घातक दोस्रो लहरको सामना गरिरहेका छन्। ‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌यसैबीच, अमेरिकाका एक चिकित्सकीय विशेषज्ञले भारत कोभिड विरुद्ध झुन्ड प्रतिरोधात्मक क्षमता विकासको सही मार्गमा गइरहेको ले तेस्रो लहरको सम्भावना निकै कम रहेको बताएका छन्।

“चाखलाग्दो कुरा के छ भने भारतमा हामीले रोग प्रतिरोधात्मक क्षमताको थ्रेसहोल्ड प्राप्त गरिसकेका छौँ तसर्थ जुलाई १ सम्ममा महामारीको अन्त्य भइसक्ने छ। मेरो पूर्वानुमान अनुसार अक्टोबर २ देखि हामीले मास्क लगाउनु पर्दैन र तेस्रो लहरको सम्भावना पनि निकै कम छ।" पिट्सबर्ग स्थित चिकित्सक डा. रवीन्द्र गोडसेले इन्डिया न्युज नेटवर्कलाई एक विशेष साक्षात्कारमा भने।

कोभिड तेस्रो लहरको सम्भावना कम रहनुका कारणलाई प्रस्ट पार्दै उनले अगाडि भने, "यदि तपाईँ वास्तवमै कोभिडमाथि काबु पाउन चाहनुहुन्छ भने तपाईँले सकेसम्म धेरै मानिसहरूलाई खोप लगाउनु पर्छ। खोप एक मात्र तरिका हो।" फिल्म निर्माता गोडसेले अगाडि भने "मान्छे खोप लिन हिचकिचाउनु हुँदैन।"

भारतले यस वर्ष डिसेम्बरसम्ममा २ अरब भन्दा बढी खोप खुराक उत्पादन गर्ने र सम्पूर्ण वयस्कहरूलाई खोप दिने एक महत्त्वाकाङ्क्षी लक्ष्य राखेको छ। यो, यदि हासिल गरियो भने, ठुलो परिवर्तन ल्याउन सक्छ र हामी कम्तीमा यस वर्ष को अन्त सम्म भाइरस विरुद्ध सम्पूर्ण जनसङ्ख्यामा प्रतिरोधात्मक शक्ति विकास गर्न सक्षम हुनसक्छौं।

खोपको महत्त्वको बारेमा बताउँदै गोडसेले भने, “तेस्रो लहरलाई झुन्ड प्रतिरोधात्मक क्षमताबाट बचाउन सकिन्छ र रोग वा खोपद्वारा रोग प्रतिरोधात्मक क्षमता विकास गर्न सकिन्छ। मलाई लाग्छ हामी खोप लगाएर यो सम्भव गर्न सक्छौँ। डब्ल्यूएचओको मार्ग निर्देशन अनुसार, तपाईँ यदि कोभिड सङ्क्रमित हुनुहुन्छ भने पनि खोप लगाउनु जरुरी छ किनकि खोपले तपाईँलाई समन्वित प्रतिरक्षा दिन्छ। "

जबकि विशेषज्ञहरूले धेरै चोटि खोपका बारे अनावश्यक शङ्का नगर्न बताएका छन् तापनि मानिसहरूमा खोपका बारे भ्रामक शङ्का उत्पन्न भएको छ। प्रायः खोप लगाएका व्यक्तिहरूले विभिन्न सोसल मिडियामा आ-आफ्ना अनुभव सुनाएका छन् त्यसैले पनि यस्तो अनावश्यक भ्रम पैदा भएको छ। जबकि केही कथन सत्य भए पनि धेरैलाई पछि नक्कली खबरहरू भनेर प्रमाणित गरी सकिएको छ।

पहिले, यो विश्वास गरिएको थियो कि देशव्यापी खोप अभियान द्वारा मानिसमा भएको यी भ्रमहरू स्वतः हटेर जानेछन्। यद्यपि यो अझै अवस्थित छ र बराबर चिकित्सा विशेषज्ञहरूले मानिसहरूलाई यो खोप सुरक्षित छ भनेर विश्वस्त पार्नु पर्छ।

गत वर्ष इन्डिया न्युज नेटवर्कसँगको छलफलमा भारतीय मेडिकल रिसर्च काउन्सिलका पूर्व महानिर्देशक वीएम कटोचले भनेका थिए कि भारत बायोटेक-आईसीएमआरको कोभाक्सिन र एस्ट्राजेनेका-अक्सफोर्डको कोभिशिल्ड दुवै सुरक्षित छन् र चिन्ता लिनु आवश्यक छैन।

भारतमा अहिलेसम्म उपलब्ध भ्याक्सिनहरूको बारेमा बोल्दै गोडसेले भने, “कोभाक्सिन अहिलेसम्म सुरक्षित देखिन्छ। यो सम्पूर्ण भाइरस खोप हो। यसले सम्भवतः उत्परिवर्तनको विरुद्ध काम गर्दछ। प्रभावकारिता ठिक छ र विश्वका लागि यो खोप स्वीकृत हुने सम्भावना रहेको छ।"

"कोभिशिल्डको प्रभावकारिता पनि राम्रो छ र फाइजरको नजिक छ। यदि यसलाई १२ हप्ताको अन्तरालमा लिने हो भने यसको प्रभावकारिता अझ राम्रो हुनेछ। तसर्थ मानिसहरू कुनै पनि व्हाट्सएप सन्देश यस हल्ला का पछाडि भाग्नु हुँदैन। कोविशिल्ड र कोभाक्सिन ठिक जस्तो देखिन्छ। स्पुतनिक भि पनि एक प्रभावकारी भ्याक्सिन हो, ”उनले थपे।

२०१९ मा चीनमा कोभिड १९ को पहिलो केस देखा परे पछि सम्पूर्ण विश्व चकित भयो। त्यस बेलादेखि भाइरसका विदित प्रकार देखा परेका छन्। प्रत्येक उत्परिवर्तन अघिल्लो भन्दा मजबुत छ भन्ने विश्वास गरिन्छ। मानिसहरू यी उत्परिवर्तितहरू विरुद्ध खोप प्रभावकारी हुने या नहुने भन्ने मा‌ विश्वस्त छैनन्।

यसै विषयमा गोडसेले भने, “कोभिड भाइरस एक नयाँ भाइरस हो तर कोरोनाभाइरस नयाँ होइन। हामी सँग यसको बारे मा १९५० को दशक देखि जानकारी छ। हामी सँग सात कोरोनाभाइरस छन्। धेरै भारतीयहरूलाई आफ्नो जीवनकालमा कुनै न कुनै बेला सामान्य रुघाखोकी लागेको नै हुन्छ। तसर्थ उनीहरूसँग यस नयाँ भाइरस विरुद्ध केही प्रतिजीवीहरू पहिले देखि नै रहेका छन्। त्यस कारण हामी सँग यस कोरोना भाइरस विरुद्ध केही मात्रामा प्रतिरोधात्मक क्षमता पहिले देखि नै विकसित छन्। संसारलाई हेर्दा को सँग बढी क्षमता छ ? र को सँग कम ? यो यसै भन्न सकिँदैन। सबै कुरा सापेक्ष शब्दमा छन्। कसैले पनि यो शब्द प्रयोग गर्नु हुँदैन, "भारतीय उत्परिवर्तन" भारतको लाक्षणिक भाइरस हो। यसलाई यसको वैज्ञानिक नामले बोलाउनु पर्छ।

'एक बग, एक औषधि' भन्ने धारणा रहेको छ त्यसैले हामी यस्तो खोप बनाउने सोचमा छौँ जुन भविष्यमा सबै कोरोना भाइरस विरुद्ध काम गर्नेछ," उनले थपे। उनले भने, हामी अहिले यसबाट बाहिर आएर आफ्नो मान्छेलाई बचाउनु पर्छ र अर्थव्यवस्था बचाउनु पर्छ, उनले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ