arrow

धर्म अधर्म बुझाउने परीक्षितको एक कथा

धर्म के हो, अधर्म के हो ?

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७८ जेठ २७ बिहिबार
Pareekshit-sukdev.jpg

कलि गएर सुनमा पनि बस्ने वरदान पाएपछि सुनको सिंहासन लगाएका राजा परीक्षितले सात दिनमा मृत्यु हुने श्राप पाए । अव उनको मनमा अशान्ति छाएको थियो । उनले सबै राजपाट त्याग गरे र सत्सङ्गमा समय बिताउन लागे । आफ्नो जीवन छँदै केही गर्न पाए हुने थियो भन्ने उनको मनमा थियो । उनले ऋषि, मुनिहरूसँग उपाय सोध्न लागे तर कसैले पनि ठोस निर्णय भने दिन सकेनन्  ।

यो कुरा नारद ऋषिले चाल पाए । उनले शुकदेवजीलाई यस कुराको निक्यौँल गर्नुपर्‍यो भने । शुकदेवजीले अनकनाए । यत्तिकैमा नारदजीले शुकदेवजीलाई एउटा कथा सुनाए र आफैँ निर्णय लिनु भने ।

 कथा यस प्रकारको थियो । कुनै समयमा एउटा मानिस बाटोको छेउमा रहेको एउटा कुवामा पसिरहेको थियो । यत्तिकैमा एउटा अन्धो मानिस लडखडाउंदै आयो । ऊ कुवामा फस्यो अनि मर्‍यो । त्यो मानिसले अन्धो मानिस कुवामा पर्न लागेको देखेर पनि केही भनेन । यो कुरा राजाको कानमा पर्‍यो । राजाले त्यो मानिसलाई दण्ड दिए । 

नारदले यो कथा सुनाइसकेपछि शुकदेवजीलाई सोधे,' राजाले त्यो व्यक्तिलाई दण्ड दिएको निर्णय ठिक भयो या बेठिक ।' शुकदेवजीले नारदलाई  'त्यो मानिसलाई दण्ड दिएको ठिक निर्णय हो ' भनेर जवाफ दिए । उनको यो जवाफ सुनेर नारदले भने , 'यो भवसागरमा पर्न लागेको पुरुषलाई त्यो सागरमा पर्न नदिन श्रीकृष्ण कथा मृत भागवत सुनाऊ' भने  । शुकदेवजीले भागवत कथा सुनाए र परीक्षितलाई मृत्युको मुखबाट अमरत्वतर्फ धकेलिदिए ।

(तिमिल्सीना शिवपुरी बाबाको स्वधर्म पुस्तका सङ्कलक हुन् ।)
इमेल :aamodita@gmail.com

 



नयाँ