arrow

नेयमारको गोल र समयको अनौठो संयोग, ब्राजिलको लगातार दोस्रो शानदार जित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ४ शुक्रबार
brazil-peru-naymer.jpg

काठमाडौं । कोपा अमेरिका फुटबलमा आयोजक ब्राजिलले  लगातार दोस्रो शानदार जित हासिल गर्न सफल भएको छ । शुक्रबार बिहान सम्पन्न खेलमा पेरुलाई ४–० गोल अन्तरले पराजित गर्दै ब्राजिलले लगातार दोस्रो शानदार जित निकाल्न सफल भएको हो ।

घरेलु ओलम्पिक निल्टन सान्तोस स्टेडियममा ब्राजिललाई जित दिलाउन एलेक्स सान्ड्रो, नेयमार, एभर्टन रिबेरो र रिचार्लिसनले एक एक गोल गरे ।

ब्राजिलले खेलको १२ औं मिनेटदेखि गोलको खाता खोलेको हो । र इन्जुरी समयसम्म गोल गरिरहेको थियो । पहिलो हाफसम्म १ गोलमात्र गरेको ब्राजिलले दोस्रो हाफमा भने ३ गोल गर्यो । 

एलेक्सले १२ औं मिनेटमा ग्राबियल जिससको पासमा गोल गरेका थिए । ६८ औं मिनेटमा नेयमारले फ्रेडको पासमा गोल गरे ।

यो समय र गोलको भने निकै राम्रो संयोग बनेको छ । उनले ब्राजिलका लागि ६८ औं गोल रे ।  ६८ औं मिनेटमा ६८ औं गोलको संयोग अनौठो बनेको हो । 

उनी कीर्तिमानी भेट्रान लिजेन्ड पेलेको कीर्तिमान नजिक रहेका छन् । पेलेभन्दा उनी ९ गोलले पछि रहेका छन् । पेलेले ब्राजिलका लागि ७७ गोल गरेका छन् । 

८९ औं मिनेटमा एभर्टनले रिचार्लिसनको पासमा गोल गरे भने इन्जुरी समयमा रिचार्लिसनले गोल गरे । 

कोपा अमेरिकाको समूह बी मा रहेको ब्राजिल लगातार दोस्रो जितसहित शीर्ष स्थानमा रहेको छ । यसअघि पहिलो खेलमा ब्राजिलले भेनेजुएलालाई ३–० गोल अन्तरले हराएको थियो । 

समूहको अर्को खेल
समूहको अर्को खेलमा कोलम्बिया र भेनेजुएलाले गोलरहित बराबरी खेलेका छन् । शुक्रबार बिहान भएको खेलमा १ रातो र ७ पहेंलो कार्ड भए पनि गोल भने भएन । 

कोलम्बियाका लुइस डियाजले इन्जुरी समयमा रातो कार्ड खाएका थिए । त्यस्तै कोलम्बियाका दुई खेलाडीले पहेँलो कार्ड खाँदा भेनेजुएलाका पाँच खेलाडीले पहेँलो कार्ड पाएका थिए । 

खेलमा कोलम्बियाले ६५ प्रतिशत बल पोसेसनमा राखेको थियो । 

तालिकामा ब्राजिल पहिलो, कोलम्बिया ४ अंकसहित दोस्रो, भेनेजुएला १ अंकसहित तेस्रो तथा इक्वेडर र पेरु अंकविहीन छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ