arrow

स्कटल्याण्डका नेपालीले नारायणी अस्पताललाई दिए पाँच थान अक्सिजन कन्सन्ट्रेटर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ४ शुक्रबार
narayani.JPG

वीरगन्ज । कोभिड-१९ राहत सहयोग समिति स्कटल्याण्डले  वीरगन्ज स्थित नारायणी उपक्षेत्रीय अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग प्रदान गरेको छ ।  गैरआवासीय नेपाली सङ्घ मार्फत खरिद गरिएको २० थान अक्सिजन कन्सन्ट्रेटर मध्ये पाँच थान उक्त अस्पताललाई हस्तान्तरण गरिएको हो ।

जर्मनीमा निर्मित १० लिटर क्षमता भएको उक्त कन्सन्ट्रेटर नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्रबहादुर प्रधानलाई हस्तान्तरण गरिएको थियो। सो अवसरमा डा प्रधानले स्कटल्यान्डका नेपाली सङ्घसंस्था तथा व्यक्तिहरूले गरेको सहयोगप्रति अस्पताल निकै आभारी भएको बताए । सहयोग प्राप्त कन्सन्ट्रेटरले कोरोना सङ्क्रमितको उपचारमा निकै ठुलो मद्दत पुग्ने डा प्रधानले बताए ।

उक्त कार्यक्रममा कोभिड-१९ राहत सहयोग समिति स्कटल्यान्डका प्रतिनिधि प्रकाश अर्याल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव दीपेन्द्र चौहान, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य के.सी लामिछाने, एम्बुलेन्स चालक सङ्घका केन्द्रीय सदस्य राजु अर्याल लगायतले मन्तव्य दिएका थिए । 

कोभिड-१९ राहत सहयोग समितिमा गैरआवासीय नेपाली सङ्घ स्कटल्याण्ड, नेपाल स्कटल्याण्ड एसोसिएसन, स्कट स्पोर्टस् क्लब, ग्लास्गो नेपाली एसोसिएसन, दियो क्लब युके , नेपाल स्कटिस सोसाइटी, हिमालयन आर्ट्स एन्ड कल्चरल सेन्टर, पाइप नेपलिज कम्युनिटी , नेपाली साउथ साइड कम्युनिटी ग्लास्गो, फोर्थ भ्याली नेपलिज एसोसिएसन, जिएस आर्ट्स एन्ड कल्चर, हरियाली आमा समूह, अर्गनाइजेसन फर नेपलिज कल्चर एन्ड वेलफेयर, नेपलिज हिमालयन एसोसिएसन स्कटल्याण्ड, नेपलिज यूथ स्कटल्याण्डको संलग्नता रहेको छ ।अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि स्कटल्याण्डमा रहेका नेपालीहरूबाट व्यक्तिगत रूपमा सहयोग समेत प्राप्त भएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ