arrow

कोपाको समूह ए बाट क्वार्टरफाइनल पुग्ने टिमको टुंगो 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ११ शुक्रबार
copa-america-uruguay-bolivi.jpg

काठमाडौं । उरुग्वे पनि कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार बिहान भएको खेलमा बोलिभियालाई २–० गोल अन्तरले पराजित गर्दै उरुग्वे अन्तिम आठमा पुग्न सफल भएको हो । 

एडिन्सन काभानीले एक गोल गर्दा उरुग्वेलाई जिताउन आत्मघाती गोलले मद्धत गर्यो । खेलको ४० औं मिनेटमा बोलिभियाका कार्लोस लाम्पेको आत्मघाती गोलबाट उरुग्वेले सुरुवाती अग्रता बनाएको थियो ।

७९ औं मिनेटमा काभानीले गोल गर्दै उरुग्वेलाई जिताए । जितसँगै उरुग्वेले ३ खेलमा ४ अंक जोडेको छ । समूह ए को उरुग्वे चौंथो स्थानमा रहेको छ ।

यसअघि नै अर्जेन्टिना, पाराग्वे र चिली अन्तिम आठमा पुगिसकेका छन् । यो समूहबाट एक टिम बाहिरिनेमा पुछारको अंकविहीन बोलिभिया बाहिरिएको छ । एक खेल खेल्न बाँकी छँदै बोलिभियो बाहिएको हो । 

१० टोलीले सहभागीता जनाएको कोपा अमेरिकाको अर्को समूहबाट ब्राजिल अर्को चरणमा पुगिसकेको छ । उसले खेलेका तीन वटै खेल जितेको छ । अन्य टिमहरुबीच प्रतिस्पर्धा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ