arrow

ब्रजिल बराबरीमै रोकियो, पेरु दोस्रो हुँदै क्वार्टरफाइनलमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १४ सोमबार
copa-america-brazil-equador.jpg

काठमाडौं । आयोजक ब्रजिल कोपा अमेरिका फुटबलको समूह चरणको अन्तिम खेलमा बराबरीमै चित्त बुझाउन पुगेको छ । सोमबार बिहान भएको खेलमा ब्रजिलले इक्वेडरसँग १–१ गोलको बराबरी खेलेको हो ।

यसअघि शतप्रतिशत नतिजा निकालेको ब्रजिलले पेड्रो ओलम्पिक स्टेडियममा शुरूआती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो ।

खेलको ३७ औं मिनेटमा इडर मिलिटाओले गोल गर्दै ब्रजिललाई अग्रता दिलाए । ५३ औं मिनेटमा एन्जल मिनाले गोल गर्दै इक्वेडरलाई १–१ गोलको बराबरीमा ल्याए । 

यस बराबरीसँगै समूह बी को ब्रजिल समूह विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको छ । 

समूह चरणमा अपराजित ब्रजिलले ४ खेलमा १० अंक जोड्यो । 

सोमबार बिहानै भएको अर्को खेलमा भेनेजुएलालाई १–० गोल अन्तरले पराजित गर्दै पेरु समूह उपविजेता बन्दै क्वार्टरफाइनलमा पुग्यो । पेरुको जितमा आन्द्रे कारिल्लोले ४८ औं मिनेटमा निर्णायक गोल गरे । 

पेरुले ४ खेलमा ७ अंक जोड्यो । 

पाँच टोली रहेको समूह बी बाट ४ अंकसहित कोलम्बिया तेस्रो हुँदै तथा ३ अंकसहित चौथो हुँदै इक्वेडर क्वार्टरफाइनलमा पुगेको छ । 

२ अंकको पुछारको भेनेजुएला भने बाहिरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ