arrow

कोपा अमेरिकाको क्वार्टरफाइनलमा को को भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १६ बुधबार
copa-america-2021.JPG

काठमाडौं । कोपा अमेरिका फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । १० टोलीले मात्र सहभागीता जनाएको प्रतियोगितामा दुई समूहबाट एक एक टोली बाहिरिएसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको हो । 

समूह ए बाट बोलिभिया बाहिरिएको छ भने समूह बी बाट भेनेजुएला बाहिरिएको छ । समूह ए बाट अर्जेन्टिना, उरुग्वे, पाराग्वे र चिली तथा समूह बी बाट ब्रजिल, पेरु, कोलम्बिया र इक्वेडर क्वार्टरफाइनलमा पुगे । 

अब क्वार्टरफाइनल समीकरण पनि तयार भएको छ । यस्तो छ समीकरण र खेल तालिका–

जुलाई ३ तारिख बिहान २ः४५ बजे पेरुले पाराग्वेसँग खेल्दैछ । त्यस्तै ५ः४५ बजे आयोजक ब्रजिलले चिलीसँग खेल्दैछ । 

जुलाई ४ तारिख बिहान ३ः४५ बजे उरुग्वेले कोलम्बियासँग खेल्दा ६ः४५ बजे अर्जेन्टिनाले इक्वेडरसँग खेल्दैछ । 

पहिलो सेमिफाइनल ६ तारिख बिहान ४ः४५ बजे र दोस्रो सेमिफाइनल ७ तारिख ६ः४५ बजे शुरु हुनेछ । 

तेस्रो स्थानको भिडन्त १० तारिख बिहान ५ः४५ बजे र फाइनल खेल ११ तारिख बिहान ५ः४५ बजे हुनेछ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ