arrow

रत्नपार्कको आकाशे पुलमा नेवि संघले लेख्यो ‘विद्यासुन्दर शाक्य मुर्दावाद’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १८ शुक्रबार
bridgee.JPG
तस्बिर : नमस्ते नेपाल म्युजिकबाट

काठमाडौं। काठमाडौंको रत्नपार्क स्थित आकासे पुलमा अग्रपङ्तीमा खटिएकाहरुको सम्मानमा बनाइएको चित्र काठमाडौं महानगरपालिकाले मेटाएपछि चौतर्फी आलोचना भइरहेको छ ।

यसबैचीन नेपाल विद्यार्थी संघ (नेवि संघ)ले पनि सोही पुलको भित्तामा महानगरको विरोध गर्दै नारा लेखेको छ ।

नेवि संघका विद्यार्थीहरुले "काठमांण्डौं महानगरपालिका मुर्दावाद, विद्या सुन्दर शाक्य मुर्दावाद" भन्दै विराेध नारा लेखेका हुन्।

                 

रत्नपार्ककाे पुलमा बनाइएकाे चित्र

कोरोना महामारीमा अग्रमोपङ्तीमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पाइलट, एम्बुलेन्स चालक र पत्रकारको चित्र पुलको भित्तामा बनाइएको थियो ।

चित्रमा 'वि विल राइज अगेन' अर्थात 'हामी फेरि उदाउने छौं' भन्ने वाक्यांश समेत लेखिएको थियो ।

यो चित्रले सबैलाई भावनात्मकरुपमा साहस दिनेमात्रै नभइ अग्रपङ्तीमा खटिएकाहरुलाई सम्मान एवं प्रोत्साहन गरेको थियो।

कलाकार र स्वयंसेवक मिलेर करिब ६ दिन लगाएर गत जेठ ३० मा यो चित्र बनाएका थिए । काठमाडौं महानगरपालिकाको वडा नम्बर २८ को स्वीकृति लिएरै बनाएको यो चित्र महानगरले एकाएक मेटाएको हो ।

अहिले यो चित्र मेटाएपछि महागरको चर्काे विरोध भइरहेको छ । यसैक्रममा नेवि संघले पनि पुलमा विरोध नारा लेखेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ