arrow

आकाशमा बिजुली चम्किरहेको छ भने यसरी रहनुहोस् सुरक्षित  !

logo
एसएसआरएफ, 
प्रकाशित २०७८ असार १८ शुक्रबार
lightning.jpg

सामान्यतया चट्याङ कुनै पनि समयमा पर्न सक्छ । पृथ्वीमा बाह्रै महिना हरेक दिन हजारौँ चट्याङ परिरहेको हुन्छ । तर मनसुन अघिपछि बादलको उचाइ धेरै हुने र अरू बेला भन्दा धेरै पटक ठुलो चट्याङ पर्ने भएकाले तीव्र र बढी खतरा हुन्छ । भेनेजुएलाको माराकाइबो ताल क्षेत्रमा संसारको सबैभन्दा बढी चट्याङ पर्दछ । यस क्षेत्रमा प्रत्येक मिनेटमा करिब २८ पटक चट्याङ पर्दछ ।

नेपालमा मनसुन सुरु भएको छ ।  वर्षाको समयमा पानी पर्नुका साथै बिजुली चम्कने गरिरहेको छ । नेपालमा पछिल्लो समय चट्याङले लागेर सयौँको मृत्यु भएको छ । यो अचानक हुने विद्युतीय विस्फोटन हो । यसमा बादलबाट बादल र त्यहाँबाट पृथ्वीतर्फ विद्युतीय लहर उत्सर्जन हुन्छ । यो पूर्णतः प्राकृतिक खतरा हो । सबै चट्याङले विद्युत्को लहर उत्पन्न गराउँछन् । त्यसैले सबै चट्याङ खतरनाक हुन्छन् । यसको पूर्वानुमान लगाउन सकिँदैन । यो वर्षा भएका ठाउँबाट १५ किलोमिटरभन्दा बढीसम्म पर्न सक्छ ।  त्यसैले चट्याङ परेका बेला अपनाउनुपर्ने र त्यसका लागि पूर्व तयारी गरेमा यसबाट हुने क्षतिको जोखिम कम गर्न सकिन्छ । यहाँ हामीले आकाशमा बिजुली चम्किरहेको छ भने निम्न सावधानीहरू अपनाएर सुरक्षित रहन सकिने सुझाएका छौँ । 

चट्याङ्गले घरको साथै व्यक्तिको मृत्यु नहोस् यसको लागि घरमा बिजुली निवारक (लाईटनिंग एरेस्टर) तन्त्र स्थापित गर्न अत्यन्त आवश्यक छ । आफ्नो घरमा बिजुली निवारण तन्त्र स्थापित गरेको छ, यसको सुनिश्चित गर्नुहोस् । घरको चिसो पर्खाल, धातुको फर्निचर आदि बिजुलीको वाहक हुन्छन् । घर बाहिर चट्याङ्ग लाग्दा घरको चिसोपनले सङ्कट उत्पन्न हुन सक्छ; त्यसैले वर्षा ऋतु भन्दा पहिला घरको पर्खालहरूको चिसोपन सुकाउनुहोस् र भविष्यमा पुनः चिसो नहोस् यसको लागि निर्माण विशेषज्ञको मार्गदर्शन लिएर आवश्यक सुधार गर्नुहोस् ।

तार विद्युत्-वाहक हुनुको कारण घर, खेत, बगैँचा आदि वरपर तरको घेरा नबनाउनुहोस् । यदि पहिला नै घेरा बनाएको छ भने त्यसको कारण हानि नहोस् यसको लागि राम्रोसँग अर्थिंग गर्नुहोस् । यदि तपाई को भवन बाहिर हाइ टेन्सन तार छ र रुखहरू छेउमा छन् भने वर्षा अथवा ठुलो बतासको कारण रुख भाँचिएर प्राण हानि हुन सक्छ । त्यस कारण स्थानीय विद्युत् विभागलाई सम्पर्क गर्नुहोस् र विद्युत् तारको छेउमा रहेको रुखको हाँगाहरू काट्नको लागि भन्नुहोस् ।

कुनै पनि बिजुलीको तारमुनि नउभिनुहोस् र त्यस्ता ठाउँमा मोबाइलमा कुरा नगर्नुहोस् । कुनै पशु पनि त्यहाँ उभिएको छैन, यसमा ध्यान दिनुहोस् । बिजुलीको तरबाट झिल्काहरू निस्किरहेको छ भने तुरुन्त विद्युत् विभागलाई सूचित गर्नुहोस् । बिजुलीको खम्बा, बिजुलीको तार साथै रुखको तल मोटरसाइकल वा गाडी राखिएको छ भने चक्रवातको कारण खम्बा वा रुख वाहनमाथि खसेर ठुलो हानि हुन सक्छ । त्यसैले वाहन राख्ने वा चलाएर जाने यस्तो कृत्य नगर्नुहोस् ।

एक वर्षा ऋतुमा अनिश्चित अवधिको लागि बिजुली आपूर्ति बन्द हुन सक्छ । त्यसैले घरमा बत्तीहरू, मैनबत्तीहरू, टर्च, लालटेन आदिको प्रबन्ध गर्नुहोस् । प्रशासनले समय-समयमा मौसम सम्बन्धित प्रसारण गरेको जानकारीको पालना गर्नुहोस् । जानकारीको बेवास्ता नगर्नुहोस् ।

 बिजुली चम्किने समय घरमा हुनुहुन्छ भने यी सावधानीहरू अपनाउनुहोस् ?
घरबाट बाहिर नजानुहोस्, साथै कौसीमा नजानुहोस् । घर बाहिर नजानुहोस्, छेउछाउका घरहरूको छत साथै वस्तुहरू हावाले उडाएर हानि पुग्न सक्छ । झ्याल र ढोका राम्रोसँग बन्द गर्नुहोस् । हवाको वेगको कारण ढोका स्वतः नखोलोस् यसको लागि भारी वस्तुहरू भित्र राख्न सकिन्छ । झ्यालको सिसा फुटेर चोट लाग्न सक्छ । यस कारणले गर्दा झ्याल नजिक नबस्नुहोस्, नसुत्नुहोस् ।

घरको मुख्य बिजुली प्रवाह बटन (मेन स्विच) बन्द गर्नुहोस् । सकेटबाट टिभी, मिक्सर आदि उपकरणहरूको पिन (प्लग) निकालेर राख्नुहोस् । यस समयमा लिफ्ट, एसी, कपाल ड्रायर आदि प्रयोग नगर्नुहोस् । फ्रिजलाई नछुनुहोस् । कहिलेकाहीँ सङ्कटकालमा अफवाहहरू फैलाउँछ; त्यसैले कुनै पनि अफवाहहरूमा विश्वास नगर्नुहोस् । प्रशासन द्वारा आधिकारिक रूपमा प्रसारित सूचनाहरू मात्र विश्वास गर्नुहोस् ।

 घरबाट बाहिर हुँदा अपनाउने सावधानीहरू
खुला आकाश मुनि (उदा. मैदान, समुद्री किनार आदि), साथै बिजुलीको खम्बा, मोबाइल टावर, दलदल ठाउँहरू, पानी ट्याङ्की, टिनको टहरा आदि स्थानहरूमा नरोक्नुहोस् । दुई पाङ्ग्रो वाहन तथा ट्याक्टर चलाउने समय अथवा डुङ्गाबाट जाने समय तुरुन्त सुरक्षित स्थानमा जानुहोस् । चार पाङ्ग्रो वाहनबाट यात्रा गर्ने समय सुरक्षित स्थानमा रोकेर गाडी भित्रै बस्नुहोस् ।

दुई पाङ्ग्रो या चार पाङ्ग्रो वाहन बिजुलीको खम्बा अथवा रुख भन्दा टाढा सुरक्षित ठाउँमा रोक्नुहोस् । चार पाङ्ग्रो वाहनको झ्याल र ढोका राम्रोसँग बन्द छ यसको सुनिश्चित गर्नुहोस् । पाङ्ग्राको तल ढुङ्गा राख्नुहोस् किनकि चक्रवात हवाको गतिले वाहन यता-उता जाने सम्भावना हुन्छ ।

 रुखहरूमा आकासिय बिजुली आकर्षित हुन्छन्; त्यसैले कुनै पनि रुखमुनि नरोक्नुहोस् । चट्याङ्ग भूमिमा भन्दा उच्च स्थानहरूमा अधिक मात्रामा आकर्षित हुन्छन्; त्यसैले उच्च स्थनमा प्राणको सङ्कट हुन्छ । यदि वर्षा भइरहेको छ र सबै ठाउँ ओसिलो छ भने यस्तो समयमा कुनै पनि बिजुलीको खम्बा स्पर्श नगर्नुहोस्; किनकि चिसोपनाको कारण बिजुलीको झट्का लाग्न सक्छ ।

सडकमा ढलेको रुखलाई स्पर्श नगर्नुहोस् किनकि यस्तो रुखमा बिजुलीको तार झरेको हुन सक्छ । पानी विद्युत् वाहक हुनुको कारण पानीको स्रोतहरूबाट टाढा रहनुहोस् । खेतमा अथवा पानीमा काम गरिरहेको व्यक्ति तत्काल सुख्खा र सुरक्षित ठाउँमा जानुपर्दछ । बिजुलीबाट चल्ने उपकरणहरू, साथै धातुबाट बनेको वस्तुहरू विद्युतीय वाहक हुनाले प्रयोग नगर्नुहोस् । यस्तो समयमा धातुको तार भएको छाता पनि प्रयोग नगर्नुहोस् ।

 बिजुली चम्कन बन्द भएपछि गर्ने आवश्यक कृत्य
वातावरण सामान्य नभएसम्म घरबाट बाहिर नजानुहोस् । चक्रवात र वर्षाको कारण परिसरमा रुख ढलेको छ अथवा बिजुलीको तार बिग्रिएको छ भने स्पर्श नगर्नुहोस् । यस सन्दर्भमा दमकल विभाग र विद्युत् विभागलाई तुरुन्त सूचित गर्नुहोस् । यदि घरमा ग्यास सिलिन्डरबाट ग्यास चुहावट छ भने बिजुलीको प्रवाहको मुख्य बटन (मेन स्विच) बन्द राख्नुहोस् । जब बिजुली चम्किन बन्द हुन्छ सिलिन्डरलाई हावा चल्ने ठाउँमा राख्नुहोस् जस्तै कौसी । यदि घरमा ग्यासको गन्ध फैलिएको छ भने बिजुलीको बटन नदबाउनुहोस् ।

यदि वाहन, विद्युतीय उपकरण, साथै घरमा भएको नयाँ सामग्री, तिनीहरूको बिमा गरेको छ र प्राकृतिक विपत्तिले गर्दा हुने नोक्सानीको क्षतिपूर्ति मिल्छ भने यस्तो अवस्थामा बिमा प्रतिनिधिको मार्गदर्शन लिनुहोस् । क्षतिग्रस्त वस्तुहरूलाई उठाउनु भन्दा पहिला तिनीहरूको तस्बिर लिनुहोस् र पञ्चनामा गर्नुहोस् । आपतको समय राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण  को हेल्प लाइन नम्बर ०१-४२००२५७ मा सम्पर्क गरेर मार्गदर्शन लिन सकिन्छ ।

इमेल : hjsnepal@gmail.com

वेवसाइट:  स्पिरिच्युअल साइन्स रिसर्च फाउन्डेसन (एसएसआरएफ)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ