- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
आध्यात्मिक रूपमा उचित जीवनशैली छनौट गर्दा उत्पन्न सात्त्विकताले मनावजाति लाभान्वित हुन्छ । साथै उसमा सूक्ष्म तत्त्व रज-तम (अस्थिरता एवं अज्ञान) को प्रभाव पनि घटन थाल्छ । जीवन शैली छनौटमा दैनिक कृति, आहार, कपडा आदि समावेश हुन्छन् । आध्यात्मिक दृष्टिबाट शुद्ध जीवनशैली अपनाउने व्यक्तिको सङ्ख्या कलियुगमा घट्दै गएको छ । हाम्रो खान-पान पनि यसको अपवाद छैन । यो लेखमा हामी सेतो पाउरोटी (वन) र गहुँको रोटी (चपाती) बाट प्रक्षेप स्पन्दहरूको बारे अध्ययन गर्ने छौँ । यस विश्लेषणबाट आध्यात्मिक लाभ पुराउने अन्न पदार्थको छनोट गर्ने महत्त्व ज्ञात हुन्छ ।
पाउरोटीको प्रभाव
पाउरोटी सामान्य व्यक्तिको खान-पानको एउटा नियमित अङ्ग बनेको छ । आजकल पाउरोटी प्रायः सेतो पीठोबाट बनाइन्छ, जसलाई पचाउन कठिन हुन्छ र यसमा भिटामिन पनि कम हुन्छ । सेतो किण्वित पाउरोटी सजिलै पचाउन सकिँदैन, यो चिपचिपा डल्लो बन्छ र किण्वित हुन्छ । यदि यो पेटमा अधिक समयसम्म रह्यो भने, यसले व्यक्ति माथि अनेक रोग ल्याउन सक्छ जस्तै –पेटमा भारीपन हुनु , पेटमा वेदना, कबज, पचाउने क्षमता कम हुनु इत्यादि ।
अर्कोतर्फ गहुँको पीठो पचाउन सरल हुन्छ तथा यो भिटामिनले भरिएको हुन्छ । त्यसैले गहुँबाट बनेको रोटीले शरीरलाई पोषण दिन्छ । यदि गहुँबाट बनेको रोटीको किण्वन गरेन भने त्यसलाई पचाउन अधिक सरल हुन्छ ।
बायोफीडबैक उपकरणद्वारा गरिएको विश्लेषण
आरएफआई (रेजोनेन्ट फील्ड इमेजिंग) र पीआईपी (पोलीकान्ट्रास्ट इन्टरफेरेन्स फोटोग्राफी – बायो इमेंजिंग समान उपकरण) जस्ता केही बायोफीडबैक उपकरणले वस्तुको चारैतर्फको स्पन्दन ग्रहण गरेर त्यसलाई दृश्य स्वरूपमा देखाउन सक्दछ । यसले गर्दा सामान्य व्यक्ति पनि आफ्नो आँखाबाट वस्तुको चारैतर्फको आभा (प्रभा मण्डल) अथवा ऊर्जा क्षेत्र देख्न सक्दछ । यस प्रयोगको लागि हामीले किण्वित सेतो ब्रेड (पाउरोटी) नमुनाको रूपमा एउटा सामान्य बन (ब्रेड) तथा बिना किण्वित गहुँको रोटी (चपाती) नमुनाको रूपमा लिएका छौँ ।
यस परीक्षणमा हामी पदार्थको कारण वातावरणमा हुने परिवर्तन लेख्यौँ । वातावरणमा निरन्तर परिवर्तन हुन्छ, त्यसैले पदार्थको परीक्षण गर्नु भन्दा पूर्वको वातावरणको मूलभूत स्थिति प्रविष्ट गर्यौँ । त्यसैले बन तथा चपाती परीक्षण गर्नु भन्दा अगाडी खाली थाल राखेर मूल निरीक्षण प्रविष्ट गर्यौँ र त्यस पश्चात् थालमा एक-एक गरेर पदार्थहरू राखेपछि त्यसको पुन निरीक्षण प्रविष्ट गर्यौँ ।
त्यसपछि हामीले पीआईपी बायोफीडबैक यन्त्रद्वारा दुवै प्रकारको रोटीहरूको निरीक्षण गर्यौँ। पहिला : सर्वप्रथम हामीले वातावरणको मूलभूत रीडिंग लियौँ । तपाई देख्न सक्नु हुन्छ मध्यमा अलिकति पहेँलो रङ्ग छ (यसले सकारात्मकतालाई दर्साउँदछ) र यसलाई सुन्तला रङ्गले घेरिएको छ । सुन्तला रङ्गले तनाव अथवा नकारात्मकतालाई दर्साउँछ । फ्रेमको बाहिर तिर हरियो रङ्ग छ जसले सकारात्मकतालाई दर्साउँदछ ।
गहुँको रोटीको परीक्षण : चपातीबाट प्रक्षेपित सात्त्विकताको कारण वातावरणमा नकारात्मक सुन्तला रङ्गको वलय अल्प हुन्छ । सकारात्मकता तथा आध्यात्मिक शुद्धता दर्शाउँने हरियो रङ्ग चपातीको थालको चारैतर्फ देखिन्छ । उच्च स्तरीय आध्यात्मिक तत्त्वको पहेँलो वलय चपातीको चारैतर्फ तथा वातावरणमा देखिन्छ । रोटीबाट प्रक्षेपित सकारात्मक शक्ति वातावरणमा विद्यमान अनिष्ट शक्तिलाई नष्ट गरिरहेको छ, त्यसैले प्रभा मण्डलको मध्यमा बैजनी रङ्गको वलय देखिन्छ ।
वन ब्रेडको पाठ्यांश (रीडिंग) : किनकि बन ब्रेडले वातावरणको नकारात्मक सुन्तला रङ्गको वलय अवशोषित गर्दछ, त्यसैले बनको चारैतर्फ सुन्तला रङ्गको वलय देखिन्छ । नकारात्मक सुन्तला रङ्गको वलयको कारण सकारात्मकता तथा आध्यात्मिक शुद्धता दर्शाउँने हरियो वलय टाढा हुन थाल्छ । वातावरणमा विद्यमान उच्च स्तरीय आध्यात्मिक तत्त्वको पहेँलो वलय अल्प हुन्छ ।
उपरोक्त निरीक्षणले वन ब्रेडले वातावरणमा नकारात्मक तथा तनावपूर्ण स्पन्दनलाई अवशोषित गर्दछ जबकि गहुँको रोटीले सकारात्मक स्पन्दनलाई प्रक्षेपित गर्दछ तथा वातावरणको नकारात्मक स्पन्दनलाई नष्ट गर्दछ । त्यसैले वन ब्रेडको तुलनामा रोटी खान अधिक लाभदायक हुन्छ ।
उपर्युक्त स्क्यान र त्यसको विश्लेषण वैश्विक ऊर्जा शोधकर्ता सन्तोष जोशीको सहायताले गरिएको हो । एसएसआरएफ यस प्रकारको विषयको सन्दर्भमा वैज्ञानिक परिप्रेक्ष्यको दृष्टिले यस क्षेत्रको शोधकर्ता र विशेषज्ञसँग सहायताको लागि अनुरोध गर्दछ ।