arrow

बाढीलाई ध्यानमा राख्दै भौतिक स्तरमा गर्नुपर्ने पूर्व तयारी

logo
एसएसआरएफ, 
प्रकाशित २०७८ साउन १६ शनिबार
flood.jpg

वर्षा ऋतुमा अत्यधिक वर्षाको कारण जल प्रलय (बाढी) आउँछ । वर्षैपछि भारी वर्षाको कारण धेरै स्थानहरू जलमग्न भएका छन् । धेरै गाउँहरू जोड्ने सडकमा पहिरो आएको हुनाले यातायात ठप्प हुने गरेको छ । हजारौँ नागरिकहरूको घर पानीमा डुब्ने गरेको छ  । अचानक प्राकृतिक आपत्कालको कारण जनजीवन सम्पूर्ण रूपमा ठप्प  हुने गरेको छ ।

‘भविष्यमा कहिले यस्तो अवस्था आउन सक्छ’, भन्न सकिँदैन । तसर्थ बाढी प्रभावित क्षेत्रका नागरिकहरूले कसरी पूर्व तयारी गर्नुपर्छ भन्ने सन्दर्भमा मार्ग निर्देशन सूत्रहरू तल दिइएका छन् –

 बाढी प्रभावित क्षेत्रमा नयाँ घर निर्माण गर्नु छ भने कसरी गर्ने ?
बाढी प्रभावित क्षेत्रमा नयाँ घर निर्माण नगर्नुहोस् ।  यदि तपाई नयाँ घर निर्माण गर्न चाहनुहुन्छ भने बाढी प्रभावित क्षेत्रमा निर्माण गर्ने विचार पनि नगर्नुहोस् ।

‘बाढी प्रभावित क्षेत्रमा घर निर्माण पूर्व ‘कति उचाइमा घर निर्माण गर्नुपर्छ ?’, यस विषयमा निर्माण विशेषज्ञहरूको मार्गदर्शन लिनुहोस् ।  यदि कुनै कारणवश बाढीको खतरा भएको क्षेत्रमा नयाँ घर निर्माण गर्न आवश्यक छ भने, ‘त्यहाँ कति उचाइसम्म बाढीको पानी आउँछ,’ साथै ‘घर कति उचाइमा निर्माण गर्नुपर्छ’, यस सम्बन्धमा निर्माण विशेषज्ञहरूको सल्लाह लिनुहोस् ।

माटो वा काचो इट्टाको होइन ‘स्ल्याब’ तथा सिमेन्टले बनेको स्तम्भ ‘बीम’ ले युक्त सुरक्षित घर बनाउनुहोस् ! माटो र काचो इट्टाको घर बाढी ग्रस्त क्षेत्रमा लामो समयसम्म टिक्न सक्दैन । पानीका गतिशील प्रवाहको कारण माटोका घरहरू सजिलै ध्वस्त हुन्छन्, त्यस्तै पानीमा कच्चो इट्टा पग्लिन सक्ने सम्भावना पनि हुन्छ । मुसल धारे वर्षाका कारण घरमा बिछाएको टिन तथा फाइवरको छत आदि बिग्रिन थाल्दछन्; त्यसैले बाढी ग्रस्त क्षेत्रमा पत्थरबाट बनेको साथै ‘स्ल्याब’ तथा सिमेन्टबाट बनेको स्तम्भ-‘बीम’ ले युक्त बलियो घर बनाउनुहोस् । घरको भित्ताहरू माटोको सट्टा सिमेन्ट र बालुवाले बनाएको हुनुपर्छ ।

घर निर्माण गर्ने समय यदि बाढीको पानी घर भित्र आयो भने ‘पानीको निकास हुन सकोस्’, यस प्रकार ढलानको रचना गर्नुहोस् यसको लागि विज्ञहरूको मार्गदर्शन लिनुहोस् ।
 
वास्तुको सन्दर्भमा सूत्र
बिमा गर्नुहोस् - यदि वास्तु (घर) बाढीको क्षेत्रमा छ भने, ‘भविष्यमा बाढी आउन सक्छ’, यसलाई ध्यानमा राख्दै वास्तु, सवारी, बाली लगायत अन्य सामग्रीहरूको बिमा गर्ने कि नगर्ने निर्णय लिनुहोस् ।

भित्ताहरू ओसिन्छन् भने तिनीहरूलाई ‘वटरप्रुफिंग’ गर्नुहोस् - यदि घरको भित्ताहरुमा ओस छ भने वर्षा ऋतु भन्दा पहिला ‘वाटरप्रुफिंग’ गर्नुहोस् । भित्ताहरुमा यदि प्वालहरू छन् भने खतरा सिद्ध हुन सक्छ; त्यसैले यस सन्दर्भमा निर्माण विशेषज्ञहरूलाई तुरुन्त देखाउनुहोस् ।

काठको ‘फर्निचर’ मा ‘बटर प्रुफ कोटिंग’ गर्ने - ‘प्लाईवुड’ वा ‘कम्प्रेस्ड काठ’ बाट बनेका फर्निचरहरू पानीको सम्पर्कमा बिग्रन सक्छ । त्यसैले काठको अपेक्षा धातुबाट बनेको फर्निचर (टेबल, सोफा, खाट आदि) को उपयोग बारे विचार गर्नुहोस् । यदि काठको फर्निचरमा ‘वाटर प्रुफ कोटिंग’ छ भने अधिक समयसम्म पानीमा रहँदा पनि क्षतिग्रस्त हुँदैन ।

सकेसम्म घरको बिजुलीको जोड (‘इलेक्ट्रिक प्यानल’) अधिक उचाइमा राख्नुहोस् । वर्षाको मौसममा अनिश्चित कालको लागि विद्युत् आपूर्ति अवरोध हुन सक्छ । त्यस कारण घरमा मानिस, बत्ती, मैनबत्ती, टर्च, मशाल तेल आदि प्रबन्ध गरेर राख्नुहोस् । ‘टर्च’ मा हाल्नको लागि अतिरिक्त ‘ब्याट्री’ को पनि प्रबन्ध गर्नुहोस् । यी सबैलाई ‘वाटर प्रुफ’ थैली वा झोलामा राख्नाले पानीले भिज्दैन ।

 झ्याल र ढोकाको मर्मत गर्नुहोस्- बाढीको परिस्थितिमा चोरीको घटनाहरू देखा पर्दछ; त्यसैले निश्चित गर्नुहोस् कि ‘घरको झ्याल र ढोका बन्द हुन्छ नि ?’, साथै ‘त्यहाँ सुरक्षित जालीहरू लगाएको छ नि ?’, यसको निश्चित गर्नुहोस् । झ्याल र ढोका राम्ररी बन्द हुँदैन भने तिनीहरूको मर्मत गर्नुहोस् ।

महत्त्वपूर्ण कागजपत्रहरू र बहुमूल्य चीजहरू सुरक्षित राख्न के गर्नुपर्छ ?
नगद धनराशि, मूल्य वान वस्तु, आभूषण, महत्त्वपूर्ण कागजपत्र आदि राख्नको लागि बाढीग्रस्त क्षेत्रमा स्थित बैङ्क लक्करको चयन नगर्नुहोस् । महत्त्वपूर्ण कागजपत्रको प्रमाणित फोटोकपी सुरक्षित राख्नुहोस् । यदि अधिकोषमा ‘लक्कर’ को सुविधा छ भने त्यसमा महत्त्वपूर्ण मूल (ओरिजिनल) कागजपत्र तथा प्रत्येकको ५ प्रमाणित (एटेस्टेड) जेरोक्स राख्नुहोस् ।

महत्त्वपूर्ण कागजपत्रहरूको ५ प्रमाणित(एटेस्टेड) जेरोक्स अन्य आफन्त वा परिचितहरूको घरमा राख्न सकिन्छ । यसको साथै महत्त्वपूर्ण कागजपत्रहरूको ५ प्रतिलिपिहरू एउटा प्लास्टिकको थैलीमा राखेर कुनै सानो झोला या ‘ब्रीफकेस’ मा राख्नुहोस् । अचानक घर छोड्न पर्‍यो भने, यो झोला तपाईँसँग लिएर जान सकिन्छ ।यस प्रकार कागजपत्रहरूको प्रतिलिपि ३ विभिन्न ठाउँहरूमा राख्नाले सङ्कटको समय यदि एक ठाउँमा राखिएको कागजपत्र उपलब्ध छैन भने अन्य ठाउँमा राखिएको कागजपत्र मिल्न सक्छ ।

बहुमूल्य चीजहरूलाई सुरक्षित ठाउँमा राख्नुहोस् ! सङ्कटको समय चोरीको घटना बढ्छ । तसर्थ बहुमूल्य चीजहरू, गहनाहरू अधिकोषमा अथवा अन्य सुरक्षित ठाउँमा राख्नुहोस् । बहुमूल्य चीजहरूलाई अगाडि नै सुरक्षित ठाउँमा राख्नाले घरलाई कुनै खतरा भए पनि, चीजहरू हराउने छैन ।

 ‘अधिकोष अथवा ‘एटिएम’ सुविधाहरूको अभावमा असुविधा नहोस्’; यसको लागि साथमा नगद धनराशि राख्नुहोस् ! आपातकालीन अवस्थामा दैनिक आवश्यकताहरूको आपूर्तिको लागि नगद धनराशि तत्काल उपलब्ध नहुन सक्छ, साथै जीवनोपयोगी र अन्य सामग्रीहरू पनि महँगो हुनेछ; त्यसैले न्यूनतम १५ दिन देखि १ महिनासम्म पर्याप्त त्यति पैसा साथमा राख्नुहोस् । यो धनराशि पानीले नभिजोस्; यसको लागि प्लास्टिकको सानो थैलीमा सुरक्षित स्थानमा राख्नुहोस् ।’

इमेल : hjsnepal@gmail.com

वेवसाइट:  स्पिरिच्युअल साइन्स रिसर्च फाउन्डेसन (एसएसआरएफ)



नयाँ