- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
अग्निहोत्र प्राचीन वेद-पुराणमा वर्णित एउटा साधारण धार्मिक संस्कार हो, जुन प्रदूषणलाई अल्प गर्न तथा वायुमण्डललाई आध्यात्मिक रुपले शुद्ध बनाउनको लागि गरिन्छ । अग्निहोत्रको सन्दर्भमा एसएसआरएफद्वारा गरिएको आध्यात्मिक अनुसन्धानको पृष्ठभूमिमा अधिक जानकारीको लागि अग्निहोत्र संस्कारमा आध्यात्मिक अनुसन्धान यसअघिका लेखमा छन् पढ्नुहोस् ।
ठीक स्थानीय सूर्योदय तथा सूर्यास्तको समय, गाईको घीउको केहि थोपामा मोलिएको चामल (अक्षता) अग्निमा हालिन्छ । तामाको अर्ध पिरामिड भएको भाँडामा अग्नि प्रज्वलित गरिन्छ । अग्निमा दुईपटक आहुति दिने समय दुई सरल वेद मन्त्रको उच्चारण गरिन्छ ।
अग्निहोत्रको मन्त्र
अग्निहोत्रको सामग्रीलाई अग्निमा अगाडी दिएको मन्त्रोंच्चारणको साथ आहुति दिनुपर्छ । सूर्योदयको समय : सूर्याय स्वाहा सूर्याय इदम् न मम, प्रजापतये स्वाहा प्रजापतये इदम् न मम । सूर्यास्तको समय : अग्नये स्वाहा अग्नये इदम् न मम, प्रजापतये स्वाहा प्रजापतये इदम् न मम ।
मन्त्रको उच्चारणले व्यक्तिको मनमा शरणागत भाव निर्मिति तथा जागृति गर्नमा सहायता हुन्छ । मन्त्रको उच्चारण पुरै घरमा सुनिने गरेर गर्नुपर्छ। उच्चारण स्पष्ट तथा लयमा हुनुपर्छ । मन्त्रमा आएका शब्दहरु सूर्य, अग्नि तथा प्रजापति सर्वशक्तिमान परमेश्वरको पर्यायवाची हुन् । शरणागत भावको जागृति यो मन्त्रको उच्चारणबाट हुन्छ ।
अग्नि प्रज्वलित गर्ने
अग्निहोत्रको लागि आवश्यक सामग्री : २ चुटकी अखण्ड अक्षत (चामल), गाईको घीउ, निश्चित आकारको अर्ध पिरामिडको तामाको भाँडो, सुक्खा गोबर, आगोको स्रोत (सलाई) । [धेरैजसो सामग्री अग्निहोत्र सामग्री राख्ने विशेष पसलबाट पाउन सकिन्छ ।]
सामग्रीहरुलाई राख्ने
स्थानीय सूर्योदय तथा सूर्यास्तको समय हेर्नुहोस् । त्यसपछि सूर्योदय तथा सूर्यास्तको समयको ५-१० मिनट पहिला, अग्निहोत्रको भाँडोमा सुक्खा गोबरको टुक्राहरू यसप्रकार राख्नुहोस्:
सर्वप्रथम, गोबरको सानो टुक्रा लिनुहोस् र त्यसलाई हवनपात्रको तललो भागमा राख्नुहोस्, त्यो टुक्राको आकार यस्तो होस् कि त्यो तललो भागमा राम्रो संग रहोस् । हवनपात्रको अगाडि तथा पछडिको भागमा दुईवटा सानो टुक्रा राख्नुहोस् । यी दुई टुक्राहरु माथि लामो दुई टुक्राहरु ठाडो रूपमा सँगसँगै भाँडाको बायाँ र दायाँपट्टि मिलाएर राख्नुहोस्; यस प्रकार राख्नुहोस् कि बीचमा केहि खाली ठाउँ होस् । १ अथवा २ तहहरु यसरीनै बनाउनुहोस्, २ टुक्राहरु तेर्सो र अर्को २ टुक्राहरुलार्इ ठाडो गरेर राख्नुहोस् । यसो गर्नाले भाँडाको बीचमा खाली ठाउँ सिर्जना हुन्छ ।
गोबरको एउटा टुक्रा लिएर त्यसमा घीउ लगाउनुहोस् । यो टुक्रालार्इ घीउको दिया माथि राखेर जलाउनुहोस् र हवनपात्रमा राखेको गोबरको मध्यमा राख्नुहोस् । आवश्यकता परेमा यसमा लेहबान , कपूर अथवा घीउमा भिजेको कपासको बत्तीको प्रयोग गर्न सक्नुहुन्छ । अग्नि प्रज्वलित गर्ने समयमा घीउको केहि थोपाहरु गोबर माथि हाल्न सक्छौं । आवश्यक परेमा, गोबरको टुक्राहरुलाई जलाउनको लागि हाते पंखाको उपयोग गर्न सकिन्छ । अग्निलाई कहिले पनि मुखले नफुक्नुहोस् । अग्निहोत्रको समय अग्नि पूर्णतः प्रज्वलित हुनुपर्छ ।
दुई चुटकी सफा, नटुक्रिएको चामल लिनुहोस् र त्यसमा एक थोपा घीउ हाल्नुहोस्, र आफ्नो बायाँ हातमा अथवा एउटा सानो पात्रमा लिनुहोस् ।
आहुति दिने
प्रात: कालीन अग्निहोत्र ; आफ्नो आखाँ घडीको काटामा राख्नुहोस्, जब घडीको काटाले सूर्योदयको समय छुन्छ, पहिलो मन्त्र भन्न प्रारम्भ गर्नुहोस् “सूर्याय स्वाहा” । स्वाहा भन्ने बित्तिकै चामलको पहिलो भाग अग्निमा आहुति दिनुहोस् र सूर्याय इदं न ममको उच्चारण गर्दै मन्त्रको प्रथम पंक्तिलाई पूर्ण गर्नुहोस् । अक्षत दाहिने हातको बूढी औंला, माझी औंला र साहिली औंलाले (हत्केला माथितर्फ फर्काएर) अग्निमा आहुति दिनुहोस् तथा बायाँ हात आफ्नो छातीमा राख्नुहोस् ।
मन्त्रको दोस्रो पंक्तिको उच्चारण गर्दै चामलको दोस्रो भाग “प्रजापतये स्वाहा” भनेपछि अग्निमा आहुति दिनुहोस् तथा मन्त्रलाई “प्रजापतये इदं न मम” भन्दै पूर्ण गर्नुस् । जबसम्म हवन सामग्री पूर्णतः जल्दैन, बसेर अग्निमाथि ध्यान केन्द्रित गर्नुहोस् । बिहानी पखको अग्निहोत्र यही समाप्त हुन्छ ।
साँझको अग्निहोत्र
साँझको अग्निहोत्रको समय भन्दा पूर्व, बिहानको अग्निहोत्रको खरानीलाई हवनपात्रबाट निकालेर ध्यानपूर्वक अर्कै भाडामा राख्नुहोस्, जुन खरानी संकलित गर्नको लागि छुटाएको हुन्छ । बिहानको समयको प्रक्रियालाई दोहोर्याउनुहोस्, फेरि हवनपात्रमा गोबरको टुक्राहरु राखेर अग्नि प्रज्वलित गर्नुहोस् । साथमा घीउले मोलेको चमालको दुई बराबर भागहरूमा दुईपटक आहुति दिनको लागि तयार गर्नुहोस् ।
ठीक सूर्यास्तको समय अग्निहोत्रको सूर्यास्तको मन्त्र “अग्नाय स्वाहा” भन्ने बितिकै चामलको पहिलो भाग अग्निलाई आहुति दिनुहोस् र “अग्नाय इदं न मम” को उच्चारण गर्दै मन्त्रको प्रथम पंक्तिलाई पूर्ण गर्नुहोस् ।त्यसै गरि मन्त्रको दोस्रो पंक्तिको उच्चारण गर्दै चामलको दोस्रो भाग “प्रजापतये स्वाहा” भन्ने बितिकै अग्निमा आहुति दिनुहोस् तथा मन्त्रलाई “प्रजापतये इदं न मम” भन्दै पूर्ण गर्नुहोस् । जब सम्म हवनसामग्री पूर्णतः जल्दैन, बसेर अग्निमाथि ध्यान केन्द्रित गर्नुहोस् । साँझको अग्निहोत्र यहीं समाप्त हुन्छ ।
अन्य तयारी
अग्निहोत्रको स्थान स्वच्छ तथा व्यवस्थित राख्नुहोस् । बिहानको समयमा अग्निहोत्रको` समय भन्दा पूर्व स्नान गर्नु सर्वोत्तम हुन्छ । संध्याकालमा स्नान गर्न सम्भव छैन भने अग्निहोत्र गर्नु भन्दा अगाडी हात, खुट्टा तथा मुख धुनुहोस् ।
अग्निहोत्रको विभूति (भस्म) छुट्टै भाडामा संकलित गर्न सकिन्छ । यसमा औषधीय गुणहरु हुन्छ तथा यसको उपयोग बगैंचा तथा कृषिको लागि प्रभावकारी तथा अत्यन्त उपयोगी मलको रूपमा उपयोग गर्न सकिन्छ । यो विभूतिलाई व्यर्थ सम्झेएर फोहोर फाल्ने भाँडामा नफाल्नुहोस्, खरानीहलाई फोहरको रुपमा व्यवहार नगर्नुहोस् । अग्निहोत्रको खरानीलाई ताल, नदी अथवा पानीको भण्डार भएको स्थानमा प्रवाहित गर्न सक्नुहुन्छ । यसले पनीलाई सूक्ष्म-स्तरमा स्वच्छ तथा शुद्ध गर्दछ ।
काहाँ गर्ने
अग्निहोत्र घरको कुनै पनि कोठा अथवा ठाउँमा गर्न सकिन्छ । यदि घरमा पूजाघर अथवा ध्यान-कोठा भएमा त्यहाँ अग्निहोत्र गर्ने सर्वोत्तम हुन्छ । तपाईको घरको कौसी, छत, बार्दली, घरसॅंगैको खेत अथवा बगैचामा पनि गर्न सकिन्छ ।
अग्निहोत्र कसले गर्न सक्छ
अग्निहोत्रको संस्कार सरल, सजिलै ग्रहण गर्नको लागि योग्य तथा सर्वगत छ । यसलाई जसले पनि गर्न सक्छ । संसारमा, अनेक व्यक्ति तथा परिवारले अग्निहोत्र गरेर लाभान्वित भइरहेका छन् । यसमा धर्म, सम्प्रदाय, जाति, राष्ट्रीयता, रंग, लिंग तथा आयुको कुनै बन्धन हुँदैन । बच्चाहरुले पनि ठुलोको मार्गदर्शनमा यसलाई गर्ने सक्छन् । स्त्रिहरु आफ्नो मासिक धर्मको समयमा नगर्नुहोला ।
यदि अग्निहोत्र, आणविक विकिरण बिरुद्ध सुरक्षाको लागि सक्रिय साधनको रूपमा गरिने हो भने एसएसआरएफ को सुझाव छ कि यो कार्यको लागि न्यूनतम ५० प्रतिशत आध्यात्मिक स्तर भएको व्यक्तिले गर्नुहोस् । [आणविक उत्सर्जनबाट सुरक्षा हेतु अग्निहोत्रको प्रभावक्षमतालाई बढाउनमा आध्यात्मिक स्तरको महत्वको सन्दर्भमा अधिक जानकारीको लागि कृपया हाम्रो लेख आणविक विकिरणबाट सुरक्षाको लागि अग्निहोत्र पढनुहोस्] अग्निहोत्र गर्ने समय एउटा व्यक्तिले मात्र हवन गर्नुहोस् । अग्निहोत्रको समयमा उपस्थित परिवारको अन्य सदस्यहरुले पनि लाभ ग्रहण गर्नेछन् ।
शरणागत भावको जागृति
दायाँ हातले चामल अर्पण गर्ने समय, देब्रे हात छातीमा राखेको हुनु पर्छ किनकि यसले शरणागति भाव जागृत हुन मदत गर्दछ । अग्निमा अर्पित गरिसकेपछि, शान्तिसँग दैवी शक्तिमाथि ध्यान एकाग्र गर्ने प्रयास गर्नुहोस् । यो समयमा मनको सबै विचारहरु त्याग्ने प्रयास गर्नुहोस् तथा पूर्ण शरणागत भावलाई जागृत गर्ने प्रयास गर्नुहोस् ।
अग्निहोत्र पछि आगो स्वयं कम हुन दिनुहोस् । त्यसलाई निभाउनको लागि अन्य केहि प्रयास नगर्नुहोस् । गोबरको सबै टुक्राहरुलाई पूर्णतः जल्नदिनु सर्वोत्तम हुन्छ । यदि पूरा जलेन भने त्यसलाई विभूतिको रूपमा लिनुहोस् (पनीमा विसर्जन गर्नुहोस्) र अर्कोपटको लागि नयाँ गोबरको टुक्रा प्रयोग गर्नुहोस् ।
अग्निहोत्र गर्ने समय निर्मित ईश्वरीय तरङ्गको सूक्ष्म-ज्ञान मा आधारित चित्र । सूक्ष्म-ज्ञान मा आधारित चित्र बुझ्नको लागि यहाँ क्लिक गर्नुहोस्
क्रम संख्या व्याख्या
१ आध्यात्मिक भावनाको वलय निर्माण हुने
२ परमेश्वरीय तत्व आकर्षण हुने
२ अ परमेश्वरीय तत्वको एउटा चक्र निर्माण हुने
३ चैतन्य आकर्षण हुने
३ अ चैतन्यको वलय नर्मिति
३ आ वायुको रूपमा चैतन्य प्रक्षेपण हुने
३ इ व्यक्तितर्फ चैतन्य प्रक्षेपण तथा चक्रको निर्मिति हुने
४ आहुतिपछि सूर्य तत्व आकृष्ट हुने
४ अ सूर्य-प्रधान तत्वको चक्र निर्माण हुने
५ तेज-प्रधान तत्वको प्रवाह आकृष्ट हुने
५ अ तेज-प्रधान तत्वको चक्र निर्माण हुने
५ आ तेज-प्रधान तत्वको चक्र उत्सर्जन हुने
६ मन्त्र-शक्तिको उत्सर्जन हुने
७ शक्तिको प्रसारण हुने
८ तेज-तत्वको उत्सर्जन हुने
८ अ तेज तत्वको चक्र निर्मित हुने
९ चैतन्यको रूपमाईश्वरीय शक्तिको कणहरुको प्रसारण हुने
१० कुण्डलिनी चक्रहरु शुद्ध हुने
११ प्राण-शक्ति कणहरुको प्रसारण हुने
११ अ प्राण-शक्ति ग्रहण गर्ने
१२ ईश्वरीय शक्ति कणहरुको प्रसारण हुने
१३ शरीरको सबैतर्प सुरक्षाकवच निर्मिति हुने
इमेल : hjsnepal@gmail.com