arrow

नाटकीय खेलमा पेरु सेमिफाइनलमा, पाराग्वे बाहिरियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १९ शनिबार
copa-america-2021-peru-para.jpg

काठमाडौं । पेरु ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको पहिलो क्वार्टरफाइनलमा पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै पेरु सेमिफाइनलमा पुगेको हो । 

ओलिम्पिको स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले निर्धारित ९० मिनेटको खेलमा ३–३ गोलको बराबरी खेलेका थिए । त्यसपछि भएको पेनाल्टी सुटआउटमा पेरुले बाजी मार्यो । 

खेलको ११ औं मिनेटमा पाराग्वेका गुस्ताभो गोमेजले गर्दै टिमलाई अग्रता दिलाए । २१ औं मिनेटमा पेरुका गियानलुका लापाडुलाले गोल गर्दै पेरुलाई बराबरीमा ल्याए । ४० औं मिनेटमा लापाडुलाले दोस्रो गोल गर्दै टिमलाई २–१ ले अग्रता दिलाए । 

४५ औं मिनेटमा गोमेजले दोहोरो पहेँलो कार्ड खाएर मैदानबाट बाहिरिँदा पाराग्वे १० खेलाडीमा समेटियो । 

५४ औं मिनेटमा जुनियर अलन्सोले गोल गर्दै पाराग्वेलाई २–२ को बराबरीमा ल्याए ।  

८० औं मिनेटमा योटुनले गोल गर्दै पेरुलाई ३–२ को स्थितिमा ल्याए । ८५ औं मिनेटमा एन्ड्रे कारिलोले दोहोरो पहेँलो कार्ड पाउँदा मैदान छाडेसँगै पेरु १० खेलाडीमा समेटियो । 

इन्जुरी समयमा गाब्रियल एभालोसले गोल गर्दै ३–३ को बराबरीमा ल्याए । निकै नाटकीय खेलमा रातो कार्ड १–१ हुँदा पहेँलो कार्ड ३–३ भएको थियो । बल पोसेसन भने पेरुको ६५ तथा पाराग्वेको ३५ प्रतिशतमात्र रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ