arrow

ब्रजिल कोपा अमेरिकाको सेमिफाइनलमा, जिससको दानवीय प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १९ शनिबार
copa-america-2021-brazil-ch.jpg

काठमाडौं । ब्रजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान सम्पन्न खेलमा आयोजक ब्रजिलले क्वार्टरफाइनलमा चिलीमाथि १–० गोल अन्तरको जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । 

पहिलो हाफ गोलरहित निराशामा बदलिएको खेलको ४७ औं मिनेटमा लुकास पाक्वेटाले गोल गर्दै ब्रजिललाई जिताए । त्यसपछि कुनै गोल भएन । ४९ औं मिनेटमा भने गाब्रियल जिससले दानवीय प्रदर्शन गरे । 

उनले चिलीका खेलाडीलाई सीधै लात्ताले फ्लाइङ किक प्रहार गरेपछि रेफ्रीले रातो कार्ड देखाएका थिए । उनको प्रदर्शनलाई लिएर फुटबल पंडितहरुले जानवरको प्रदर्शनको संज्ञासमेत दिएका छन् ।

ब्रजिल आधा समय १० खेलाडीमा समेटिएको भए पनि चिलीले फाइदा उठाउन सकेन । 

बल पोसेसन भने चिलीको पक्षमा ५८ प्रतिशत रहेको थियो । चार वटा गोलका लागि प्रहार गरे पनि बिफल भए । सेमिफाइनलमा ब्रजिलको भिडन्त पेरुसँग हुनेछ । पेरुले क्वार्टरफाइनलमा पाराग्वेलाई पेनाल्टी सुटआउटमा हरायो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ