arrow

यस्तो छ कोपा अमेरिकाको सेमिफाइनल समीकरण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २० आइतबार
copa-america-2021.JPG

काठमाडौं । ब्रजिलमा जारी कोपा अमेरिका फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा अर्जेन्टिना, कोलम्बिया, ब्राजिल र पेरु पुगेका छन् । सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्बियासँग र ब्राजिलले पेरुसँग खेल्ने तालिका बनेको छ । 

पहिलो सेमिफाइनलमा मंगलबार ब्राजिल र पेरु खेल्दैछन् । खेल नेपाली समयअनुसार बिहान ४ः४५ बजे शुरु हुनेछ । त्यस्तै बुधबार बिहान अर्जेन्टिना र कोलम्बिया खेल्नेछन् । यो खेल बिहान ६ः४५ बजे शुरु हुनेछ । 

स्टार स्ट्राइकर लियोनल मेस्सीले अर्जेन्टिनालाई सेमिफाइनलमा पुर्याउन सफल भएका हुन् । आइतबार बिहान भएको क्वार्टरफाइनलमा इक्वेडरलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो । अर्जेन्टिना ३–० गोल अन्तरले विजयी भएको हो । 

मेस्सीले तीन वटै गोलका लागि भूमिका खेलेसँगै टिमले शानदार जित निकालेको हो । अर्जेन्टिनालाई जित दिलाउन मेस्सीसँगै रोड्रिगो डी पल र लौराटो मार्टिनेजले समान एक एक गोल गरे । ४० औं मिनेटमा रोड्रिगोले पहिलो गोल गरेका थिए । ८४ औं मिनेटमा मार्टिनेजले गोल गर्दै २–० ले अग्रता दिलाए । 

इन्जुरी समयमा पिएरो हिन्कापीले रातो कार्ड खाएसँगै अन्तिम समयमा इक्वेडर १० खेलाडीमा सीमित भएको थियो । त्यसपछि अन्तिम समयमा मेस्सीले गोल गर्दै टिमलाई जिताए । स्पेनिश क्लब बार्सिलोनाबाट रिलिज भएसँगै मेस्सीको खेलमा थप आकर्षण र चमक आएको छ । 

अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियासंग प्रतिस्पर्धा गर्नेछ । कोलम्बियाले क्वार्टरफाइनलमा उरुग्वेलाई हरायो । आइतबार बिहानै भएको खेलमा कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो । 

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । जसमा कोलम्बियाले ४–२ ले विजयी रह्यो ।

यसअघि भएको क्वार्टरफाइनलमा ब्राजिलले शनिबार बिहान चिलीलाई हरायो । ब्राजिलले चिलीमाथि १–० गोल अन्तरको जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । 

पहिलो हाफ गोलरहित निराशामा बदलिएको खेलको ४७ औं मिनेटमा लुकास पाक्वेटाले गोल गर्दै ब्रजिललाई जिताए । त्यसपछि कुनै गोल भएन । ४९ औं मिनेटमा भने गाब्रियल जिससले चिलीका खेलाडीलाई सीधै लात्ताले फ्लाइङ किक प्रहार गरेपछि रेफ्रीले रातो कार्ड देखाएका थिए । 

उनको प्रदर्शनलाई लिएर फुटबल पंडितहरुले जानवरको प्रदर्शनको संज्ञासमेत दिएका छन् ।
ब्रजिल आधा समय १० खेलाडीमा समेटिएको भए पनि चिलीले फाइदा उठाउन सकेन । सेमिफाइनलमा ब्रजिलको भिडन्त पेरुसँग हुनेछ । पेरुले क्वार्टरफाइनलमा पाराग्वेलाई पेनाल्टी सुटआउटमा हराएको थियो । 

यसपालि १० टिम सहभागी भएकामा दुई समूहमा विभाजन गरी समूह चरण खेलाइएको थियो । 

जसमा पुछारमा हुने टिम बाहिरिए । समूह ए बाट बोलिभिया र समूह बी बाट भेनेजुएला बाहिरियो । क्वार्टरफाइनलबाट पाराग्वे, चिली, उरुग्वे र इक्वेडर बाहिरिए । 

२९ औं संस्करणसम्म आइपुग्दा सन् १९१६ देखि अहिलेसम्म उरुग्वे, अर्जेन्टिना र ब्राजिल हावी हुँदै आएका छन् । ब्रजिल डिफेन्डिङ च्याम्पियन हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ