arrow

ब्रजिल कोपा अमेरिका फुटबलको फाइनलमा, पेरु पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २२ मंगलबार
copa-america-2021-brazil-na.jpg

काठमाडौं । ब्रजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा पेरुलाई पराजित गर्दै ब्रजिल फाइनलमा पुगेको हो । 

घरेलु मैदानमा भइरहेको प्रतियोगितामा ब्रजिल १–० गोल अन्तरले विजयी भयो । ब्रजिलको जितमा लुकास पाक्युटाले विजयी गोल गरे । 

नेयमारको पासमा पाक्युटाले ३५ औं मिनेटमा निर्णायक गोल गरेका थिए । संयमित खेलमा पेरुका २ तथा ब्रजिलका १ खेलाडीले पहेँलो कार्ड खाएका थिए । तर ब्रजिलले १२ तथा पेरुले १६ वटा फाउल गरेको थियो । 

खेलमा ब्रजिलले ५६ प्रतिशत बल पोसेसन आफ्नो पक्षमा राखेको थियो । ८ वटा गोलका लागि प्रहार गरेकामा एउटामात्र गोल भएको हो । पेरुले भने केवल २ वटा गोलको प्रहार गरेको थियो । 

अर्को सेमिफाइनलमा बुधबार बिहान ६ः४५ बजे अर्जेन्टिना र कोलम्बिया खेल्नेछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ