arrow

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा, उपाधि भिडन्त ब्रजिलसँग 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २३ बुधबार
copa-america-argentina-colu.jpg

काठमाडौं । अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान कोलम्बियालाई पराजित गर्दै अर्जेन्टिना फाइनल प्रवेश गरेको हो । 

कोलम्बिया टाइब्रकेरमा पराजित भएको हो । खेलमा अर्जेन्टिनाले लिएको अग्रता जोगाउन नसक्दा खेल टाइब्रेकरसम्म पुगेको हो । निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी भएको थियो । 

लौटारो मार्टिनेजको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो । लियोनल मेस्सीले डिबक्सभित्र उपलब्ध गराएको पासमा मार्टिनेजले सातौं मिनेटमै गोल गरेका थिए ।

६१ औं मिनेटमा लुइस डियाजको गोलमार्फत कोलम्बियाले बराबरी गोल गर्यो । त्यसपछि गोल भएन र खेल टाइब्रेकरमा पुग्यो । 

जसमा अर्जेन्टिनाले ३–२ ले बाजी मार्यो । टाइब्रेकरमा कप्तान मेस्सी, लौटारो र लियान्द्रो डानियल पेरेडेसले गोल गरेका थिए । रोड्रिगो डी पाउल गोल गर्न चुके । 

कोलम्बियाका हुँवा काउड्राडो र मिगुएल बोरजाले मात्र गोल गर्न सके । सन् २०१६ पछि पहिलो पटक अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा पुगेको हो । 

उपाधि भिडन्त ब्रजिलसँग 
अर्जेन्टिनाले अब उपाधिका लागि ब्रजिलसंग प्रतिस्पर्धा गर्नेछ । ब्रजिलले सेमिफाइनलमा चिलीलाई १–० गोल अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको हो । फाइनल खेल जुलाई ११ तारिख बिहान ५ः४५ बजे शुरु हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ