arrow

कोपा अमेरिकामा अर्जेन्टिनालाई अग्रता, ब्रजिल पछि 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २७ आइतबार
copa-america-argentina-braz.jpg

काठमाडौं । कोपा अमेरिका फुटबलको उपाधिका लागि ब्रजिल र अर्जेन्टिना भिडिरहेका छन् । आइतबार बिहान ब्रजिलको रियो दि जेनरियोस्थित माराकाना स्टेडियममा भइरहेको खेलमा अर्जेन्टिनाले अग्रता लिएको छ । 

पहिलो हाफसम्मको खेलमा अर्जेन्टिनाले १–० गोल अन्तरले अग्रता लिएको हो । खेलको २२ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । मारियाले रोड्रिगो डे पलको पासमा उत्कृष्ट गोल गरे ।

अर्जेन्टिनाले सन् १९९३ मा कोपा अमेरिकाको उपाधि जितेयता मुख्य प्रतियोगिताको उपाधि जित्न सकेको छैन । अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीका लागि पनि यो खेल महत्वपूर्ण रहेको छ । 

६ पटकका बालोन डे ओर विजेता मेस्सीले देशका लागि सन् २००८ मा चीनमा भएको ओलम्पिकमा मात्रै स्वर्ण पदक जिते बाहेक कुनै पनि महत्वपूर्ण उपाधि दिलाएका छैनन् । 

उनले छैटौं पटक कोपा अमेरिका खेलिरहेका छन् भने चार पटक विश्वकप खेलिसकेका छन् ।

ब्रजिल पनि महत्वपूर्ण उपाधिको खोजीमा छ । ब्रजिलका लागि नेयमार पनि आकर्षणको केन्द्रबिन्दू रहेका छन् । 

सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना र पेरुलाई हराउँदै ब्रजिल फाइनलमा पुगेको हो । 

तेस्रो स्थान भने कोलम्बियाले ओगटेको छ । शनिबार भएको खेलमा बोलम्बियाले पेरुलाई ३–२ गोल अन्तरले हराएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ