arrow

घरेलु क्रिकेट प्रतियोगिताको प्रसारण अधिकार डिशहोमलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ८ शुक्रबार
dish_home.jpg

काठमाडौं। घरेलु क्रिकेट प्रतियोगिताको उत्पादन तथा प्रसारणका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेडबीच सम्झौता भएको छ । 

क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह र डिश मिडियाका प्रबन्ध निर्देशक सुदीप आचार्यले आज सम्झौतापत्रमा हस्ताक्षर गरे । क्यानले आयोजना गर्ने प्रतियोगिताको प्रत्यक्ष प्रसारण अब एक्सन स्पोर्ट्स हुने कोषाध्यक्ष सिंहले जानकारी दिए । 

सम्झौताअनुसार क्यानले आयोजना गर्ने घरेलु प्रतियोगिताको प्रसारणको अधिकार डिशहोमले पाएको छ । क्यानले झण्डै रु एक करोड बराबरको वार्षिक सम्झौता गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ