arrow

नोबेलमा गरियो थाइराइड गाँठको जटिल शल्यक्रिया

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १६ शनिबार
galgath-opration.JPG

विराटनगर। नोबेल शिक्षण अस्पतालमा थाइराइड गाँठको जटिल शल्यक्रिया गरिएको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका–९ प्रकाशपुरकी ६६ बर्षीया फेकनीदेवी मण्डलको थाइराइड गाँठको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो ।

उनको घाँटीको थाइराइड गलगाँठ बढेर बाहिर निस्किनुका साथै भित्री भागमा फैलिएर मुटुको रक्तनलीसम्म पुगेको थियो । घाँटीदेखि छातीसम्म चिरेर सफलतापूर्वक गलगाँठ निकालिएको टाउको तथा घाँटी क्यान्सरका वरिष्ठ शल्य चिकित्सक डा.ऋषिकेश ठाकुरले बताए । 

यो जटिल शल्यक्रिया भएकाले नेपालका विरलै मात्र अस्पतालहरूमा यस्तो शल्यक्रिया हुने डा.ठाकुर बताउँछन् । उनी भन्छन्, ‘यो जटिल सर्जरी हो, मुटुको आर्च अफ एओर्टा रक्तनलीसम्म पुगेको गलगाँठलाई हामीले सफलतापूर्वक सर्जरी गरेर निकालेका छौँ । यस्तो सर्जरी नेपालका केही अस्पतालहरूमा मात्र हुन्छ ।’

डा. ठाकुरका अनुसार गलगाँठ निकाल्न ढिलो भएको भए अझै बढेर श्वास नली र खाना नलीलाई थिच्ने भएकाले श्वासप्रश्वास अवरुद्ध भई बिरामीको ज्यानै जान सक्ने खतरा थियो । तर, गलगाँठ सफलतापूर्वक निकालिएकाले उनी अहिले खतरामुक्त भएकी छन् ।

जटिल शल्यक्रिया सफल भएपछि बिरामी र बिरामीका आफन्त हर्षित छन् । बिरामी फेकनीदेवीका छोरा लखन मण्डलले जटिल शल्यक्रिया सफल भएको भन्दै खुसी व्यक्त गरे । ‘जटिल समस्या भएकाले अप्रेसन कस्तो होला भन्ने चिन्ता थियो,’ मण्डलले भने, ‘राम्रो उपचार हुन्छ भन्ने सुनेर नोबेल आएका थियौ । जस्तो सुनेको, त्यस्तै उपचार पायौँ, धेरै खुसी लाग्यो ।’

अत्याधुनिक उपकरण र दक्ष जनशक्तिको तालमेल रहेको नोबेलमा जटिल तथा दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गरिँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ