arrow

अस्पतालमा बिचौलिया कार्य गर्ने दुई पक्राउ

logo
रासस
प्रकाशित २०७८ भदौ ४ शुक्रबार
Arrest-Crime.jpg

विराटनगर। महानगरपालिकाअन्तर्गतका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामी तथा आफन्तलाई ठगी गरी बिचौलिया कार्य गर्ने दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं  प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार नगरमा बिरामी तथा बिरामीका आफन्तलाई भेटी विभिन्न भ्रम फैलाई आफ्नो सम्पर्कको फार्मेसीमा लग्ने कार्य गर्ने विराटनगर–८ अमरटोल बस्ने १८ वर्षीय प्रधुम्न राय र सोही स्थानका २३ वर्षीय आनन्दकुमार साहलाई पक्राउ गरिएको छ ।

राय र साहले ‘यहाँ चिकित्सक राम्रो छैन, यो अस्पतालमा कोरोनाको बिरामी धेरै छन्, उपचार राम्रो छैन’ भन्ने जस्ता अफवाह फैलाई बिरामी तथा आफन्तलाई झुक्क्याएर आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिकमा उपचारको लागि प्रेरित गर्ने र सम्पर्कमा भएको फार्मेसीमा औषधि किन्न बाध्य गराउने गरेका थिए । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कार्यालयले यस किसिमको व्यवहारबाट अन्य कोहीबाट पीडित भएको भए वा हुनगइरहेको थाहा भएमा नजिकको प्रहरीलाई जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ