arrow

केएमसीको इमर्जेन्सी सेवालाई सहज र स्तरीय बनाउन स्वयंसेवक परिचालन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ८ मंगलबार
kmc-news.JPG

काठमाडौँ । काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजले बिरामीको सेवा र सहजताका लागि आकस्मिक कक्षको सेवामा व्यापक सुधार गरेको छ । केएमसीले इमर्जेन्सी कक्षको सेवालाई थप सुधार गरेर छिटो, छरितो र प्रभावकारी बनाएको हो ।

बिरामीको सहजताका लागि आकस्मिक कक्षमा २४ सै घण्टा ‘इमर्जेन्सी स्वयंसेवक’ टिम परिचालन गरिएको छ । आकस्मिक अवस्थामा आएका बिरामीलाई सहज रूपमा आकस्मिक कक्षमा पुर्‍याउन अस्पतालको गेट अगाडि ट्रली, ह्वील चेयर र स्ट्रेचर तयारी अवस्थामा राखेर २४ सै घण्टा स्वयंसेवक खटाइएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनीहरूले बिरामी आइपुग्ने बित्तिकै एम्बुलेन्सबाट बिरामीलाई निकालेर सकेसम्म छिटो उपचारका लागि आकस्मिक कक्षमा पुर्‍याउने गर्छन् ।

केएमसीका अध्यक्ष डा.सुनिल शर्माले इमर्जेन्सी सेवालाई प्रभावकारी बनाउन चासो देखाएपछि इमर्जेन्सी कक्षको सेवालाई थप सुधार गरी छिटो, छरितो र गुणस्तरीय बनाइएको हो । केएमसीले इमर्जेन्सी सेवामा सुधार गरेपछि उपचारमा सहज भएको बिरामी र बिरामीका आफन्तको भनाई छ ।

त्यस्तै केएमसीमा सोधपुछ कक्ष पनि स्थापना गरिएको छ । उपचार तथा अस्पतालसँग सम्बन्धित अन्य कामको जानकारी लिनका लागि सहजता प्रदान गर्न सोधपुछ कक्ष स्थापना गरिएको केएमसीले जनाएको छ ।

डा.शर्माको प्रवेशसँगै केएमसीले उपचारमा स्तरीयता तथा सेवा विस्तारमा तीव्रता दिँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ